Is/Am/Are- छ/हो
हामीलाई यो अभिव्यक्ति सरल लाग्न सक्छ र हामी ‘यस्ता जाबो’ भनेर यसलाई ‘वाइयात’ को करार दिन सक्छौं । तर बुझ्नु पर्ने कुरो के हो भने यो सम्भवत अंग्रेजीको सबैभन्दा महत्वपूर्ण मध्ये एक अभिव्यक्ति किनकी यो अभिव्यक्तिमा संसारका सबै विशेषणहरूको प्रयोग गर्न मिल्छ । यसको अर्थको हो, हामीले आजको कक्षाबाट विशेषणको प्रयोग गर्ने स्थान पनि भेट्नेछौं ।
अर्थ | प्रयोग | |
Is | छ वा छन् | He, she, it र एकबचन् (I बाहेक) |
Am | छु वा हुँ | I |
Are | छन् वा हुन् | You, they, we र बहुबचन् |
संरचनाहरू
Subject + is/am/are…..(छ वा हो)
Subject + is/am/are not…..(छैन वा हैन) Is/am/are +subject+……? (छ वा हो ?) Wh+ Is/am/are +subject+……? |
Subject + is/am/are…..(छ वा हो)
म नेपाली हुँ ।
I am Nepali. हामी साहित्यमा चाख लिन्छौं । We are interested in literature. राजु विरामी छ । ऊ ओछ्यानमा छ । Raju is sick. He is in bed. दश बज्यो । तिमी फेरि ढिला भयौं । It is ten. You are late again. म तिर्खाएको छुइन तर म भोको छु । I am not thirsty but I am hungry. आज घमाइलो छ तर आज रमाइलो छैन । It is sunny today but it is not funny today. मौसम आज फिसिङ्का लागि उपयुक्त छ । The weather is apposite for fishing today, हाम्रो सृजनात्मकता सीमित छ । Our creativity is limited. हामी नेतासँग वाक्क छौं । We are fed up with the leaders. उसको स्वास्थ्य गम्भीर छ । His health is critical. |
Subject + is/am/are not…..(छैन वा हैन)
म कसैको मुटुमा छुइन ।
I am not in anyone’s heart. हामी विश्वास गरी हाल्ने खालका छैंनौं । You are not gullible. तिमी मेरो ब्रह्माण्डको केन्द्र हैनौं । You are not the centre of my universe. तिमी मेरो खोजीको अन्त्य होइनौं । You are not the culmination of my quest. उनीहरू खर्चिला छैनन् । They are not spendthrift. राम निकम्मा हैन । Ram is a not complete failure. सीता स्टेसनमा छैन । ऊ मेरो घरमा छे । Sita is not at the station. She is at my home. यी कुर्सीहरू राम्रा छैनन् तर यिनीहरू आरामदायी छन् । These chairs are not nice, but they are comfortable. भुटान ज्यादै ठूलो देश होइन । Bhutan is not a very big country. काठमाण्डौं भारतमा छैन । Kathmandu is not in India. |
Is/am/are +subject+……? (छ वा हो ?) Wh+ Is/am/are +subject+……?
तिम्रो आँखा काला छन् ? Are your eyes black? तिमीलाई सबै भन्दा मन पर्ने खेल कुन हो ? What is your favorite sport? म ढिला भएँ ?- अहँ, तिमी समय मै आयौं । Am I late? – No, you are on time. तिम्री आमा घरमा हुनुहुन्छ ? अहँ, उहाँ बाहिर हुनुहुन्छ । Is your mother home? – No, she is out. तिम्रो जुत्ताहरू राम्रा छन् । महङ्गा छन् ? Your shoes are nice. Are they expensive? यो कलम राम्रो छ । कति हो यसको मूल्य ? This pen is nice. How much is it? यी आँपहरू पाकेका छन् ? कति हो यिनको मूल्य ? These mangoes are ripe. How much are they? भोक लाग्यो ? Are you hungry? कति बज्यो ? What is the time? त्यो फोटोको मान्छे को हो ? Who is that man in the photo? बुबालाई कस्तो छ ? How is your father? तिम्रो प्रेमी कति वर्षका भए ? How old is your boyfriend? यहाँदेखि स्टेसन कति टाढा छ ? How far is it from here to the station? सुरेश झापाको हो ? Is Suresh from Jhapa? तिनीहरू कहाँका हुन् ? Where are they from? तिम्रो काम चाखलाग्दो छ ? Is your job interesting? यता वरिपरि हुलाक छ ? Is there a post office around here? तिम्रो बुबा कति वर्षको हुनु भयो ? How old is your father? तिम्रो नयाँ सर्टको रंग कस्तो छ ? What color is your new shirt? तिमी किन दुखी छौं ? Why are you glum? |
सल्लाह:
शब्दकोष पल्टाएर विशेषण (adjectives) खोज्नुहोस् र सके सम्म बढी भन्दा बढी वाक्य बनाउनु होस् । वाक्य बनाउँन विविध subject हरूको प्रयोग गर्नुहोस् । म, तिमी जस्ता सामान्य कर्ताहरूको मात्र प्रयोग नगर्नुहोस् ।
हामी अर्को ब्लगमा tense मा छिर्नेछौं । कृपया मलाई फलो गरिरहनु होस् ।
अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्
https://nepalilinguist.com/list-of-chapters/
मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:
ट्विटरमा: https://twitter.com/ghimiresantu
फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/