विगतको कुनै निश्चित समयमा कुनै काम भइरहेको थियो भन्ने कुरा जनाउन यो Tense को प्रयोग हुन्छ । यो विगतको निश्चित समय (हिजो साँझ, अस्ति सात बजे, यो समय हिजो/गत हप्ता/महिना/वर्ष इत्यादि) सँग वा When+ simple past सँग आउँछ । यो Tense ले ‘गर्दै थियो’ भन्ने जनाउँछ ।
संरचनाहरू:
Subject + was/were verb 4 + obj (गर्दै थियो) Subject + was/were not verb 4 + obj (गर्दै थिएन) Was/were + subject + verb 4 + obj? (गर्दै थियो ?) Wh+ was/were + subject + verb 4 + obj? |
अब केही उदाहरणहरू हरौं:
म हिजो सात बजे टिभी हेर्दै थिएँ । I was watching TV at 7 yesterday.
तिमीले फोन गर्दा भाइ पढ्दै थिएन । My brother was not reading when you called me. हामीहरू घरबाट बाहिर निस्किँदा पानी पर्दै थियो । It was raining when we got out. तिमी यति बेला दस वर्ष अगाडि कहाँ बस्दै थियौँ ? Where were you living this time ten years ago? तिमी हिजो साँझ के गर्दै थियौँ ? What were you doing yesterday evening? तिमी गत हप्ता कोसँग हिँडिरहेका थियौँ ? Who were you walking with last week? बुबा बित्दा उनीहरू विदेशमा काम गर्दै थिए । They were working overseas when their father passed away. गत वर्ष यति बेला हामी भाग्ने बारेमा सोचिरहेका थियौँ । We were thinking about running away this time last year. मैले उसलाई बोलाए तर ऊ हरिरहेको थिएन । I called him, but he was not looking (at me). राजुले खाना पकाउँदा आफ्नो हात जलायो । Raju brunt his hand while he was cooking. हरि लड्दा सिलिङमा रंग लगाउँदै थियो । Hari was painting the ceiling when he fell off the ladder. म फिल्मको मनोरञ्जन लिदै थिएँ तर किरणले घर फर्कने चाहना राख्यो । I was enjoying the film, but Kiran wanted to go home. |
यो काल When र while जस्ता संयोजकसँग पनि आउँछ । यस्तो प्रयोगमा सामान्यतया निम्न प्रकारको ढाँचा हुन्छ ।
- When + Simple Past, past continuous/ Past continuous + when + simple past (गर्दा हुँदै थियो)
कुनै काम हुँदा अर्को काम हुँदै थियो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै म घर फर्किँदा ऊ बजार जाँदै थियो । (He was going to the market when I returned home. उसले देश छोड्दा उसको बुबा अझै काम गर्दै हुनुहुन्थ्यो । (His father was still working when he left the country. केही अतिरिक्त उदाहरणहरू हेरौं ।
मैले फोन गर्दा के गर्दै थियौँ ? What were you doing when I called you?
तिमी बाहिर जाँदा पार्टी चल्दै थियो ? Was the party going on when you went out? टेलिफोनको घण्टी बज्दा म तरकारी पकाउँदै थिएँ । When the telephone rang, I was cooking curry. उनीहरू फर्किँदा ऊ बाहिर जाने तयारी गर्दै थियो । He was preparing to go out when they returned. मैले बोलाउँदा सरिता मलाई हेरिरहेकी थिइन । Sarita was not looking at me when I called her. भोज सुरु हुँदा निम्तालुहरू आउँदै थिए । The invitees were coming when the feast started. |
- While+ past continuous, simple past/ Simple past+ while + past continuous (गर्दा गर्दै भयो )
कुनै काम हुँदै गर्दा अर्को काम भयो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै ऊ बजार जाँदा जाँदै म घर फर्किएँ । (I returned home while he was going home.) बुबाले अझै काम गरिरहँदा उसले देश छोड्यो । (He left the country while his father was still working.) केही अतिरिक्त उदाहरणहरू हेरौं ।
म पढ्दा पढ्दै निदाएँ । I fell asleep while I was reading.
पाहुनाहरू खाँदा खाँदै आए । The guests came while we were eating. मैले जागिर छोड्ने बारेमा सोच्दै गर्दा मेरो बढुवा भयो । I was promoted while I was considering quitting the job. हामीले वर्तमान पद्धतिलाई सुधार्दै गर्दा नयाँ पद्धतिको विकास गर्यौं । While we were improving the present method, we developed a new method. मैले फिल्मको मनोरञ्जन लिदै गर्दा उ उठेर हिँड्यो । While I was enjoying the movie, he walked out. दसै आउँदै गर्दा हामीसँग भएको पैसा सकियो । Our money ran out while the Dashain was approaching. |
- While past continuous, while past continuous/ Past continuous +while + past continuous (गर्दै गर्दा हुँदै थियो)
कुनै काम हुँदै गर्दा अर्को काम हुँदै थियो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै म घर फर्कदै गर्दा ऊ बजार जाँदै थियो । (He was going to the market while I was getting back home. कुकुरहरू धूलोमा खेल्दै गर्दा केटाकेटीहरू पौडी खेल्दै थिए । (The children were swimming while the dogs were willowing in dirt. केही अतिरिक्त उदाहरणहरू हेरौं ।
मैले गाउँदै गर्दा ऊ बाँसुरी बजाउँदै थियो । He was playing the fife while I was singing.
शिक्षकले पढाउँदै गर्दा विद्यार्थीहरू हल्ला गर्दै थिए । The students were making noise while the teacher was teaching. तिमीले मलाई आफ्नो कथा सुनाउँदै गर्दा म गुनगुनाउँदै थिए । I was humming while you were relating me your story. उनीहरूले परीक्षाको तयारी गर्दै गर्दा हामी परीक्षा दिँदै थियौँ । We were doing the exams while they were preparing for their exams. युवाहरू विदेशिइ रहँदा सरकार उनीहरूलाई रोक्न केही गरिरहेको थिएन । The government was not doing anything to stop the youths while they were going abroad. |
Exercises:
- I was cooking dinner while he ________ the dishes. (do)
- I was cooking breakfast when the fire alarm ________ off. (go)
- She ________ a movie when the baby woke up. (watch)
- She was studying for her exam while I ________ on my project. (work)
- He was practicing his guitar while his brother ________ to music. (listen)
- She was taking a shower while her roommates ________ ready for the party. (get ready)I was making dinner when the doorbell ________. (ring)
- She was walking her dog when it ________to rain. (start)
- I was walking to the store while he ________ errands. (run)
- They were having a picnic while the sun ________. (shine)
- He was watching a movie while his friends ________ video games. (play)
- I was doing laundry while my partner ________ the house. (clean)
- He was playing video games when his parents ________ home. (come)
- They were playing soccer while we ________ the game. (watch)
- I was writing a letter to my friend while my sister ________ a book. (read)
- I was studying for my exam when my phone ________. (break down)
Translate the following sentences into English:
- बिजुली जाँदा उनी नुहाउँदै थिइन् ।
- आँधी सुरु हुँदा उनी घाँस काटिरहेका थिए।
- कोठा सफा गर्दै गर्दा उसले आफ्नो हराएको पर्स फेला पार्यो ।
- मेरो छिमेकीले ढोका ढकटक्याउँदा म गितारको अभ्यास गर्दै थिएँ।
- मेरो भाइ भिडियो गेम खेल्दै गर्दा मैले गृहकार्य पूरा गरें।
- म मेरो परीक्षाको लागि पढ्दै गर्दा उसले खाना खायो।
- हामी पिकनिक खाँदै गर्दा उनीहरूले सूर्यास्त हेरे।
- उसले ब्रेकफास्ट बनाइरहेको बेला उनले नुहाइन्।
- मेरी आमा किनमेल गर्न बाहिर जाँदा मैले घर सफा गरें।
- साथीहरू बाहिर खेलिरहेको बेला उनले ध्यान गरे।
- हामी चलचित्र हेर्दै गर्दा उनीहरू हिँड्न गए।
- उसले घाँस काटिरहेको बेला उनले केक बनाए (bake)।
- बहिनी सुतिरहेको बेला मैले एउटा किताब पढेँ।
- मैले भाँडा माझिरहेको बेला उसले चिठी लेख्यो ।