Learn English with Me: Present Continuous

Present Continuous Tense (गर्दैछ)

आज हामी औपचारिक रूपमा tense शुरुवातको गर्दछौं । Present Continuous tense को प्रयोग बोलिरहेको बखत हुँदै गरेको कुरा बताउन हुन्छ । उदाहरणको लागि,

म अपूर्ण वर्तमान कालको बारेमा लेख्दैछु ।

I am writing about present continuous tense.

बाहिर सवारी साधनहरू दगुर्दैछन् ।

Vehicles are plying outside.

मेरी श्रीमतीले मलाई खाना ल्याइदिदै छिन् ।

My wife is bringing me food.

त्यस्तै, यो tense को प्रयोग भविष्यको निश्चितताको बारेमा कुरा गर्न पनि हुन्छ । तर यस्तो प्रयोगमा भविष्य जनाउने क्रिया विशेषणको पनि प्रयोग गरिनु पर्छ ।

बुबा भोलि आउँदै हुनुहुन्छ ।

My father is coming tomorrow.

ऊ अर्को वर्ष विवाह गर्दैछे ।

She is getting married next year.

तिनीहरू चाडै नै काठमान्डौंमा नयाँ घर बनाउँदैछन् ।

They are building a new house in Kathmandu soon.

संरचनाहरू

Subject + is/am/are+v4+object‌…..(गर्दैछ)

Subject + is/am/are not+ v4+object …..(गर्दैछैन)

Is/am/are +subject+ v4+object ……? (गर्दैछ?)

Wh+ Is/am/are +subject+ v4+object ……?

Subject + is/am/are+v4+object‌…..(गर्दैछ)   Subject + is/am/are not+ v4+object …..(गर्दैछैन)

उनी बजार जाने बाटोमा छिन् । उनी बजारसम्म ड्राइभ गर्दैछिन् ।

She is on her way to the market. She is driving to the market.

कृपया हल्ला नगर्नुहोस् । म काम गर्दै छु ।

Please don’t make so much noise. I’m working.

‘मीरा कहाँ छे ?’ – ‘नुहाउँदै छे ।‘

‘Where’s Mira?’ ‘She’s having a bath.’

अब बाहिर जाऔं । पानी परिरहेको छैन ।

Let’s go out now. It isn’t raining any more.

म थाकेको छु । म ओछ्यान जाँदै छु ।

I’m tired. I’m going to bed now.

म अहिले चाखलाग्दो पुस्तक पढ्दै छु । पढिसकेपछि तिमीलाई दिनेछु ।

I’m reading an interesting book at the moment. I’ll lend it to you when I’ve finished it.

कमला अमेरिकामा काम गर्न चाहन्छे, त्यसैले ऊ अंग्रेजी सिक्दैछे ।

Kamala wants to work in the USA, so she is learning English.

‘तिमी आज परिश्रम गर्दैछौं ।‘ ‘हो, मैले धेरै काम गर्नु छ ।‘

‘You’re working hard today.’  ‘Yes, I have a lot to do.’

म मेरो छोरा खोज्दै छु । कहाँ छ तिमीलाई थाह छ ?

I am looking for my son. Do you know where he is?

अँध्यारो हुँदैछ । बत्ती बालौं ?

It is getting dark. Shall I turn on the light?

छाता छ ? पानी पर्न आँट्दै छ ?

Have you got an umbrella? It is starting to rain.

म तौल घटाउन चाहन्छु, त्यसैले म यो हप्ता लञ्च खाँदै छुइन ।

I want to lose weight, so this week I am not eating lunch.

मलाई लाग्छ प्रेम र अनिताको झगडा परेको छ । उनीहरू एक अर्कासँग बोलिरहेका छैनन् ।

I think Prem and Anita have had an argument. They are not speaking to each other.

Is/am/are +subject+ v4+object ……? (गर्दैछ?)    Wh+ Is/am/are +subject+ v4+object ……?

पार्टी राम्रो लाग्दै छ ?

Are you enjoying the party?

सरिता यो हप्ता काम गर्दै छे ? – अहँ, ऊ छुट्टीमा छे ।

‘Is Sarita working this week?’  ‘No, she’s on leave.’

तिम्रो अंग्रेजी सुध्रँदैछ ?

Is your English getting better?

यी सबै मान्छे किन यहाँ छन् ? उनीहरू के गर्दैछन् ?

Why are all these people here? What are they doing?

तिमी मलाई किन त्यस्तरी हेरी रहेका छौं ?

Why are you looking at me like that?

‘बिसाल विश्वविद्यालयको विद्यार्थी हो ।‘ ‘हो र ? के पढ्दै छ ?’

‘Bishal is a student at university.’ ‘Is he? What is he studying? ‘

रेडियो कसैले सुन्दैछ कि बन्द गर्दा हुन्छ ?

Is anyone listening to the radio or can I turn it off?

तिमीलाई भेट्दा खुसी लाग्यो । अचेल के गर्दै छौं ?

How nice to see you! What are you doing these days?

तिमी एक्लै बस्दै छौं ?

Are you living alone?

तिमी भोलि कति बजे उठ्दैछौं ?

What time are you getting up tomorrow?

अब निम्न अनुच्छेदलाई अनुवाद गर्नुहोस् ।

म कुनै नयाँ काम गर्ने बारेमा सोचिरहेको छु । मेरो साथी मेरो छेउको सोफामा बसेका छन् । बाहिर घाम लागिरहेको छ । केही कराइरहेको छ । आकाशमा हवाईजहाज उडिरहेको छ ।

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *