शब्द उत्सव

War 544558 1920

कहिले लाग्छ 
रोऊँ यी शब्दका ओजमा 
बिना कारण,
बिना पिडा वा सुखी
वर्षी दिऊँ आफ्नै आँखाको डिलबाट
शरीर भिजाऊँ आफ्नै 
डुबाऔं आफैलाई 
यिनको गहिराइमा 
आफ्नै मृत्युको षडयन्त्र गर्ने पटमुर्ख बनूँ 
तर अहँ, 
शब्द माथिको विश्वास गुम्न नदिऊँ 
म बोलू शब्द-जीवन
म लेखूँ जीवन-शब्द 
छेडूँ युद्ध शान्तिको विरुद्धमा 
यी चिर निन्द्रामा सुतेका मान्छेहरू,
ब्युँझने गरी कर्कश बनूँ
मतुवाला बनूँ शब्दरसमा लठ्ठिने
शब्दको ब्रम्हत्वको उत्सव मनाऊँ ।

@ Sandesh Ghimire

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top