तपाईंलाई अंग्रेजी भाषाले थकाइ सकेको छ ? अथवा TOEFL, IELTS, SAT जस्ता टेस्ट दिन चाहनु हुन्छ तर राम्रो अंक ल्याउने विश्वास छैन ? वा तपाईं लोक सेवाको परराष्ट्र सेवाको तयारी गर्दै हुनुहुन्छ तर परीक्षाको महत्वपूर्ण अंश ओगट्ने अनुवादले सताइ रहेको छ ? वा तपाईंसँग डिग्री छ तर अंग्रेजीमा क्षमता नभएका कारणले पछि परिरहनु भएको छ ?
यदि माथिको प्रश्नको उत्तर सकारात्मक आउँछ भने, तपाईं सही ठाउँमा आउनु भएको छ । हामी अब सँगै अंग्रेजी सिक्ने छौं- तपाईं अनि म । मलाई विश्वास छ हाम्रो सहकार्यले निश्चय पनि हामीलाई प्रगतिउन्मुख बनाउने छ ।
Has the English language already tired you? Or do you want to do the tests like TOEFL, IELTS, SAT and you don’t have the confidence to get good scores? Or are you preparing for Foreign Service Exams and do you have trouble mastering translation that constitutes a significant part of the exams? Or do you have degrees and are you lagging behind because of the lack of command over the English language?
If answers to the above questions are affirmative, you have come to a right place. We’ll learn English together now- you and I. I believe our cooperation will definitely make us successful.
यो ब्लगको प्रयोग गर्ने तरिका:
यो सूचीमा (https://nepalilinguist.com/list-of-chapters/) भएका पाठहरूलाई Day 1 देखि पढ्नु होस् । प्रत्येक पाठलाई पूर्ण रूपमा जान्नुहोस् । जान्नु भनेको यहाँ दिइएका कुराहरू जान्नु मात्र होइन । आफै सोच्न, बोल्न र लेख्न सक्ने हुनु पनि हो । |
वास्तवमा, भाषाका संरचनाहरू सोच्ने तरिका हुन् । यिनले हाम्रो भाषिक क्षमतालाई आकार दिन्छन् । हामी विभिन्न संरचनामा सोच्दा सोच्दै एउटै कुरालाई धेरै तरिकाबाट भन्न जान्दछौं । हामी- तिमी त्यहाँ नगएको भए हुन्थ्यो, तिमीले त्यहाँ जानु हुँदैनथ्यो, त्यहाँ नजानू पर्थ्यो नि (You shouldn’t have gone there, If only you hadn’t gone there, I wish you hadn’t gone there) भन्न सिक्छौं । अथवा मेरो आँखामा के छ ? भन्ने कुरालाई what is there in my eyes? वा What have I got in my eyes? वा What have my eyes got in them? भन्न ।
यसरी नै विचारमा विविधता ल्याउन सकिन्छ । यसैलाई सृजनात्मकता भनिन्छ ।
आउनुहोस्, हामी मिलेर श्रृजनशील बनौं ।
श्रृजनशीलताको पूर्व-सर्तहरू (जसको पालना अनिवार्य रूपमा दैनिक गरिनु पर्छ).
- दिनको कम्तीमा २ घण्टा समय अंग्रेजीको लागि दिनु होस् ।
- सो समयको प्रथम खण्डमा पाँचवटा आफूले नजानेका शब्दहरू शब्दकोषबाट निकाल्नु होस् । यसरी शब्द निकाल्दा कम्तीमा दुई वटा verbs हुन् भन्ने कुरामा ध्यान दिनुहोस् । कारण के हो भने verbs बढी उपयोगी हुन्छन् । बाँकी तीनवटा शब्दहरू विशेषण, नाम वा क्रिया विशेषण जे भए पनि हुन्छ । यसरी शब्दलाई छुट्याउने कामलाई पद वर्ग (Parts of speech) भनिन्छ र राम्रो शब्दकोषमा पहिलादेखि नै पद वर्गहरू छुट्याइएका हुन्छन् ।
- यी शब्दहरूलाई आफूले सिक्दै गरेको संरचनामा प्रयोग गर्नुहोस् । तर यसरी पढ्दा ती शब्दहरू मात्र केन्द्रित नहुनु होस् ।
- भन्न खोज्नुहोस् । भन्न खोज्नुहोस्, नयाँ तरिकाले । यसरी भन्न खोज्दा तपाईंलाई धेरै कुरा नजानेको बोध हुनेछ । तिनको टिपोट गर्नु होस् । र अघि बढ्नु होस् । त्यो टिपोटको बारेमा जान्ने मान्छेहरू छलफल गर्नुहोस् ।
- सुत्नु अगाडि लगभग दस वाक्यको अनुच्छेद लेख्नुहोस् र त्यसलाई अनुवाद गर्नुहोस् । दस भन्दा बढी वाक्य नलेख्नुहोस् तर नियमित लेख्नुहोस् । एक पल्ट सो दिनका शब्दहरू हेर्नुहोस् । र भोलि पटक हिजोको पाठ हेरेर मात्र नयाँ पाठको सुरुवात गर्नुहोस् । कारण के हो भने हामीले हिजोको ज्ञानमा आज थप्न सक्नु पर्छ । (We should be able to build up on yesterday’s knowledge.)
मैले यो गर्नुको कारण:
म पहिला अंग्रेजी पढाउथें । यस मानेको म अंग्रेजी थोर बहुत जान्दछु । र म मैले जानेको कुरा तपाईं पनि जान्नुहोस् भन्ने चाहन्छु । मेरो कारणले कसैलाई फाइदा पुगेको हेर्दा मलाई राम्रो लाग्नेछ । कृपया मेरो प्रयासलाई हल्का नलिई दिनुहोस् (Please don’t take my efforts for granted.) । एउटा पाठ तयार गर्दा मैले कम्तीमा दुई घण्टा खर्चिनु पर्छ भन्ने कुरा स्वीकार गर्नुहोस् । यही समयको पावन्दीको कारणले म हप्तामा दुई वटा ब्लग मात्र लेख्न खोज्दैछु ।
मेरा पनि आफ्नै सीमाहरू छन् भन्ने कुरा स्वीकार गरिदिनुहोस् । मेरो प्रयास मन परेमा like गरिदिनु होस् । कृपया घमन्डी नठान्नुहोला Inbox मा आएका प्रशंसालाई म उति मन पराउँदिन ।
हाम्रो सहकार्य सुखद, सहज र फलदायी रहोस् । आफ्नो मातृ भाषालाई माया गर्नुहोस् किनकी आफ्नो मातृ भाषालाई घृणा गरेर अर्को भाषा सिक्न निकै मुश्किल हुनेछ । (May our cooperation be blissful, easy and fruitful. Love your native language because it will be difficult to learn another language hating our native language.)
अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्
https://nepalilinguist.com/list-of-chapters/
मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:
ट्विटरमा: https://twitter.com/ghimiresantu
फेसबुकमा: https://www.facebook.com/Learn-English-with-Bau-Chhora-1696896323903160/