हिमाल

हिमाल

 

हरेक साँझ,

कुनै अविराम खोजीको यात्रामा निस्कदा

आफू अघिल्तिर हिमालहरू देख्छु

र तिनलाई के गर्ने भेउ पाउँदिन

म सम्झन्छु- मैले कहिल्यै हिमाललाई मन पराएको छैन

म बुझ्छु- हिमाल कुनै विजय होइन

म देख्छु- हिमालमा कुनै गर्व छैन

तर के गर्नु ?

हामी भूगोलले जनता जितेको ठाउँमा बस्छौं ।

तर के गर्नु ?

हामीलाई होच्चिदा आनन्द लिन सिकाइएको छ ।

 

हिमाल हाँस्छ प्रत्येक साँझ

मेरो बेनामीपानामा हाँस्छ

मेरो पिच्चे अस्तित्वलाई खिसी गर्छ

तर मलाई यो हाँसोलाई के गर्ने थाह छैन

र हरेको दिन यस्तै गुम्नाम यात्रा गर्छु  ।

@ Sandesh Ghimire

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *