सँगै गर्ने (doing it together)
आज हामी वक्ता र श्रोता मिलेर काम गर्ने कुरालाई कसरी व्यक्त गर्ने भन्ने बारेमा सिक्छौं । हामीले दैनिक जीवनमा ‘गरौं, खाऔं, सहयोग गरौं’ आदि भन्नु पर्ने हुन्छ । यो अभिव्यक्तिले वक्ता र श्रोता दुबै मिलेर काम गरौं भन्ने प्रकारको भाव दिन्छ
अथवा
तिमी र म मिलेर गरौं भन्ने अर्थ दिन्छ ।
गरौं (Let’s +v1)
Let’s पछाडि verb को प्रथम रूप (v1) राख्ने बित्तिकै ‘गरौं’ भन्ने अर्थ राख्छ । निम्न उदाहरणहरूलाई अध्ययन गरौं ।
बिर्सौं ।
Let’s forget. स्वाधिनताको लागि संघर्ष गरौं । Let’s struggle for independence. सबैलाई सम्मान गरौं । Let’s respect everyone. सफलताको लागि परिश्रम गरौं । Let’s work hard for success. घुम्न जाऔं । Let’s go out for a walk. जीवनको अध्ययन गरौं । Let’s study life. साथी बनौं । Let’s be friends. अगाडि नै सुरक्षित बनौं । Let’s be safe beforehand. |
यो विषयमा आज छलछल गरौं ।
Let’s discuss about this issue today. कक्षाहरूलाई सृजनात्मक बनाऔं । Let’s make the classes creative. आज दिनभरि यसका बारेमा सोचौं । Let’s think about this all day long. देशलाई भ्रष्टाचारको चुङ्गलबाट मुक्त गरौं । Let’s rid the country off the grip of corruption. यसलाई गरिहालौं । Let’s just do it. चाँडो गरौं । Let’s be quicker. अधिकारका लागि सँगै लडौं । Let’s fight together for rights. गरिबहरूलाई सहानुभूति गरौं । Let’s sympathize with the poor. |
अभ्यास: तपाईंले verb प्रयोग गर्न मिल्ने संरचना पाउनु भएको छ । स्मरण रहोस्, संसारका सबै verb हरू यी संरचनाहरूमा प्रयोग गर्न सकिन्छ ।
- तल दिइएका वाक्यहरूलाई करण (Affirmative) मा बदल्नुहोस् ।
- यहाँ दिइएका र ५० वटा क्रियाहरू खोजेर वाक्य बनाउँनु होस् ।
नगरौं (Let’s not+ v1)
Let’s पछाडि not र verb को प्रथम रूप (v1) राख्ने बित्तिकै ‘नगरौं’ भन्ने अर्थ राख्छ ।
आज कलेज नजाऔं ।
Let’s not go to college today. आफ्ना कमजोरीलाई युक्तिसंगत नगरौं । Let’s not rationalize our weaknesses. अल्छी नदेखिऔं । Let’s not appear lazy. अरूलाई त्यसै गाली नगरौं । Let’s not scold other for not reason. बिचारमा अंकुस नलगाऔं । Let’s not censure our thoughts. सृजनात्मकतालाई नसरापौं । Let’s not castigate creativity. कुनै बिचारलाई अन्ध भएर नपछ्याऔं । Let’s not follow any principle blindly. कुरोलाई तोड मोड नगरौं । Let’s not fabricate the matter. |
बेकारमा पसिना नकाढौं ।
Let’s not sweat for no reason. हावामा महल नबनाऔं । Let’s not build a palace in the air. उसलाई हाम्रो कुरामा छिर्न नदिऔं । Let’s not let him creep into our affair.* नेताहरूलाई आफ्नो देश बेच्न नदिऔं । Let’s not let the leaders sell our country. अनि सुधार गर्ने कदमहरूको विरोध नगरौं । And let’s not oppose the corrective steps. अज्ञानताको अन्धकारमा जीवन नफालौं । Let’s not waste life in the murkiness of ignorance. आज नपिऔं, है ? Let’s not drink today, OK? यो रेखा पार गर्ने कसैलाई सत्य नबताऔं । Let’s not tell the truth to anyone who crosses this line. |
* यहाँको let ले ‘गर्न दिनु’ भन्ने अर्थ दिन्छ । उदाहरणको लागि, मलाई खुसी हुन देऊ । (Let me be happy.)
अभ्यास: तपाईंले verb प्रयोग गर्न मिल्ने संरचना पाउनु भएको छ । स्मरण रहोस्, संसारका सबै verb हरू यी संरचनाहरूमा प्रयोग गर्न सकिन्छ ।
- माथि दिइएका वाक्यहरूलाई अकरण (Negative) मा बदल्नुहोस् ।
- यहाँ दिइएका र ५० वटा क्रियाहरू खोजेर वाक्य बनाउँनु होस् ।
ट्विटरमा: https://twitter.com/ghimiresantu
YouTube माः https://www.youtube.com/channel/UCuZIjqHLrIkpVHQV1Pqa_Ug
फेसबुकमा: https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/
Tiktok मा फलो गर्न यो QR कोड स्क्यान गर्नुहोस्ः