गर, गर्नुहोस्
आजदेखि हामी औपचारिक रूपमा (formally) अंग्रेजीका अभिव्यक्तिहरू (expressions) सिक्छौं । सुरुवात आदेश दिन सिकेर गर्छौं । अंग्रेजीमा गर्ने आदेश दिन Verb1 को प्रयोग गरिन्छ भने नगर्ने आदेश दिन Don’t +verb1 को प्रयोग गरिन्छ ।
| खाऊ, सुत्नुहोस् | नखाऊ, नसुत्नुहोस् |
| (V1+obj) | (Don’t+v1+ obj) |
खाऊ, सुत्नुहोस्
(V1+obj)
| खाऊ । | प्रत्येक दिन केही लेख । |
| Eat. | Write something every day. |
| सुत्नुहोस् । | म आईपुग्दा घरैमा होऊ । |
| Sleep. | Be at home when I am here. |
| भाइलाई माया गर । | रुन्छौं भने रोऊ । |
| Love your brother. | Cry if you want. |
| उसलाई तिम्रोमा बोलाऊ । | मैले भनेको कुरा बुझ । |
| Invite him at your place. | Understand what I say. |
| भ्रष्ट्रचारलाई घृणा गर । | मेरो कुरा बुझ्न खोज । |
| Condemn corruption. | Try to understand what I say. |
| सुनेको कुरा बताऊ । | साँझमा नबडार । |
| Tell me what you have heard. | Don’t sweep in the evening. |
| परिश्रम गर । | केही कुरा प्राप्त गर्न पसिना काढ । |
| Work hard. | Sweat to get something. |
| भाग | सँगै काम गर । |
| Go away! | Work together. |
हामी यहाँ भएका सबै क्रिया यो संरचनामा प्रयोग गर्न सक्छौं । आवश्यकता हो सृजनात्मकताको ।
नखाऊ, नसुत्नुहोस् (Don’t+v1+ obj)
| लापरवाह भएर खर्च नगर । | कक्षा भइरहाँदा कानेखुसी नगर । |
| Don’t spend carelessly. | Don’t whisper when the class is on. |
| ८ घण्टा भन्दा बढी नसुत । | नेता गण! जनतालाई भ्रमित नपार । |
| Don’t sleep more than 8 hours. | Dear leaders! Don’t mislead the people. |
| आफ्ना सम्भावनाहरूलाई नमार । | हामी बीच जमेको हिउँ नपगाल । |
| Don’t kill your prospects. | Don’t melt the ice frozen between us. |
| केही नभन । शान्त बन । | कहिल्यै घुँडा नटेक । |
| Don’t say anything. Be quiet. | Never knell. |
| आफ्नो जागिर उहिल्यै नछोड । | यहाँ कुकुर नपाल । |
| Don’t quit your job yet. | Don’t keep a dog here. |
| हामीलाई नचिहाऊ । | मेरो दयालाई नबिर्स । |
| Don’t peek at us. | Don’t forget my kindness. |
| मलाई बाल नदेऊ । | ममा गल्ती नखोज । |
| Don’t give me a damn. | Don’t seek my weaknesses. |
| उसलाई नभन । | एक अर्कासँग नलड । |
| Don’t tell him. | Don’t fight with one another/ each other.* |
*Note:
Each other= दुई जाना
One another= दुई जाना भन्दा बढी
स्मरण रहोस् don’t को ठाउँमा never पनि प्रयोग गर्न सकिन्छ । never को प्रयोग हुँदा ‘कहिल्यै’ भन्ने अर्थ लाग्छ । एक दुईवटा उदाहरण हेरौं ।
| कहिल्यै झुटो नबोल । Never tell a lie. मेरी प्रेमिकालाई कहिल्यै आँखा नझिम्काऊ। Never wink at my girl friend. कहिल्यै आफ्नो सिद्धान्त नत्याग । Never give up your principle. |
कहिल्यै ढिला नआऊ । Never come late. कहिल्यै अन्धो भएर विश्वास नगर । Never trust anyone blindly, कहिल्यै नरोऊ । Never cry. |
माथिकै संरचनाको अगाडि वा पछाडि please को प्रयोग गरियो भने अनुरोध बन्छ । एक दुईवटा उदाहरण हेरौं ।
| कृपया मेरो हात समात । Please hold my hands. Hold my hands, please. कृपया मलाई धोका दिने प्रयास नगर । Please don’t try to deceive me. Don’t try to deceive me, please. कृपया मलाई कहिल्यै रिस नउठाऊ । Please never get on my nerves. Never get on my nerves, please. |
कृपया बकबक नगर । Please don’t fuss about. Don’t fuss about, please. कृपया आफ्नो काम गर । Please do your job. Do your job, please. कृपया कहिल्यै मेरो कुराको चियो नगर । Please never nose about my business. Never nose about my business. |
ट्विटरमा: https://twitter.com/ghimiresantu
YouTube माः https://www.youtube.com/channel/UCuZIjqHLrIkpVHQV1Pqa_Ug
फेसबुकमा: https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/
Tiktok मा फलो गर्न यो QR कोड स्क्यान गर्नुहोस्ः

