धेरै वर्ष पहिला नैतिक शिक्षाको कक्षामा
हाम्रो शिक्षकले प्रत्येक शरद ऋतुमा यो प्रश्न सोध्थे:
कुनै संग्राहलयमा आगो लाग्यो भने
केलाई बचाउँछौ, रेम्ब्रान्ड्टको पेन्टिङ्
वा जिआइको धेरै वर्ष बाँकी नभएकी
कुनै बुढी महिला? कडा कुर्सीमा बसेका बेचैन हामी
पेन्टिङ् वा बुढ्यौलीको बारेमा ख्याल गर्दै नगरी
एक साल जीवन छान्थ्यौं त अर्को साल कला
अनि सधै उदासिन भएर । कहिले कहिले
ती महिला आफ्नो दैनिक भान्छा छोडेर
कुनै ठिहीलो, अर्ध कल्पित संग्राहलयमा रल्लिन पुगेकी
मेरो बज्यै जस्ती बन्थिन् ।
एक साल, चलाख भएर, मैले भने
ती आइमाईलाई नै निर्णय गर्न दिंदा कसो होला ?
लिण्डा, शिक्षक भन्थे, आफ्नो उत्तरदायित्व पन्छाउँछे ।
यो शरद, म एउटा वास्तविक संग्राहलयमा आफै उभिन्छु
वास्तविक रेम्ब्रान्ड्टको अगाडि, आफै बुढी महिला
वा बुढी हुन लागेकी महिलाको रुपमा
फ्रेम भित्रका रंगहरु शरदभन्दा
अध्याँरा छन् ।
शिशिर भन्दा पनि अध्याँरा- पृथ्विका खैरा रंगहरु,
तर पृथ्विका सबैभन्दा चम्किला तत्वहरु
क्यानभास भित्रबाट चम्किन्छन् । म अहिले जान्दछु
महिला, पेन्टिङ् र यामहरु झण्डै उस्तै हुन्छन्-
केटाकेटीहरुले बचाउन नसक्ने खालका।
Translated into Nepali by Sandesh Ghimire