Home » Learn English

Category: Learn English

Learn English with Me: Simple  Present

सम्भवतः सबैभन्दा उपयोगी कालको रूपमा रहेको Present simple Tense उत्तिकै जटिल पनि छ । हामी यो कालको प्रयोग निम्न अवस्थामा गर्छौं:

  1. सामान्यतया हुने कुराहरू जस्तै;

म बिहान सात बजे उठ्छु ।

I get up at 7 in the morning.

चिकित्सकहरू अस्पतालमा काम गर्छन् ।

Doctors work in hospitals.

मेरो भाइ निन्द्रामा घुर्छ ।

My brother snores while asleep

2. ध्रुवसत्य कुरामा

पृथ्वी सूर्यको वरिपरि जान्छ ।

The earth goes round the sun.

पानी १०० डिग्री सेल्सियसमा जम्छ ।

Water freezes at 100 degrees Celsius.

संरचनाहरू

Sub+v1/v5+obj (खान्छ)

Sub+do/does+ not+ v1+ obj (खाँदैन)

Do/Does+ sub+v1+ obj (खान्छ ?)

Wh+ Do/Does+ sub+v1+ obj

स्मरण रहोस् करण (affirmative) वाक्यमा मात्र v1 वा v5 को प्रयोग हुन्छ । अन्यत्र भने v1 को मात्र प्रयोग हुन्छ ।

V1/do v5/does को प्रयोग:

V1/do: I, you र बहुवचन

v5/does: एक बचन

उदाहरणमा:

I/We/You/They/People like/play/go etc.

He/ She/ It/ Mahesh  likes/plays/goes etc.

यसलाई अझ राम्ररी बुझौं

I work … तर He works … They teach … तर My sister teaches …

Sub+v1/v5+obj (खान्छ)                             Sub+do/does+ not+ v1+ obj (खाँदैन)

चुरोट खाने हो ? – अहँ, धन्यवाद । म चुरोट पिउँदिन ।

‘Would you like a cigarette?’ ‘No, thanks. I don’t smoke.’

हिमालमा धान फल्दैन ।

Rice doesn’t grow in the Himalayas.

रघु अल्छी छ । म मलाई सहयोग गर्न केही गर्दैन ।

Raghu’s so lazy. He doesn’t do anything to help me.

म प्रत्येक बिहान ८ बजे उठ्छु ।

I get up at 8 o’clock every morning.

अनिल त्यति चिया पिउँदैन ।

Anil doesn’t drink tea very often.

बर्खामा जितेन्द्र हप्ताको एक दुई पटक पौडी खेल्छ ।

In summer Jitendra usually swims once or twice a week.

म ढिलो नहुने बाचा गर्छु ।

I promise I won’t be late.

अरुण मैथली निकै राम्रो बोल्छ ।

Arun speaks Maithili very well.

म कहिल्यै कफी पिउँदिन ।

I never drink coffee.

विद्यालय प्रत्येक दिन ९ बजे खुल्छ र ४ बजे बन्द हुन्छ ।

The school opens at 9 and closes at 4 every day.

खराब हँकाइले धेरै दुर्घटना गराउँछ ।

Bad driving causes many accidents.

मेरो साथी गाउँमा बस्छ ।

My friend lives in the country.

एसियाली खेल प्रत्येक  दुई वर्षमा एक पटक हुन्छ ।

The Asian Games happen every two years.

ऊ बाँसुरी बजाउँछ तर मादल त्यति राम्रो बजाउँदैन ।

He plays the flute but he does not play the madal very well.

सूर्य पश्चिममा अस्ताउँछ ।

The sun sets in the west.

मौरीले मह उत्पादन गर्छन् ।

Bees make honey.

शाकाहारीहरू अण्डा पनि खाँदेनन् ।

Vegetarians don’t eat eggs either.

नास्तिक ईश्वरमा विश्वास गर्दैन ।

An atheist does not believe in God.

अनुवादकले एक भाषाबाट अर्को भाषामा अनुवाद गर्छ ।

A translator translates from one language into another.

कोशी नदी गंगामा मिसिन्छ ।

The River Koshi flows into the Ganges.

Do/Does+ sub+v1+ obj (खान्छ ?)                    Wh+ Do/Does+ sub+v1+ obj

म नेपालको हुँ । तपाईं कहाँको हुनुहुन्छ ?

I come from Nepal. Where do you come from?

यो शब्दको अर्थ के हो ?

What does this word mean?

तपाईं के गर्नुहुन्छ ? – म रेष्टरेन्टमा काम गर्छु ।

‘What do you do?’ ‘I work in a restaurant.’

तपाईं दन्त चिकित्सकको मा कत्तिको जानुहुन्छ ?

How often do you go to the dentist?

तिमी मलाई के गर्ने सल्लाह दिन्छौं ?

‘What do you suggest I do?’

नेपालमा सार्वजनिक कार्यलयहरू कति बजे खुल्छन् ?

What time do public offices open in Nepal?

रामलाई अफिस जान एक घण्टा लाग्छ । तिमीलाई कति लाग्छ ?

It takes Ram an hour to get to work. How long does it take you?

मैले यो वाक्य बुझिन । यो शब्दको अर्थ के हो ?

I don’t understand this sentence. What does this word mean?

तिमी कत्तिको पौडी खेल्न जान्छौं ?

How often do you go swimming?

तिम्रो बुबा सधैँ पत्रिका पढ्नु हुन्छ ?

Does your father always read a newspaper?

तिम्री प्रेमिका के गर्छिन् ?

What does your girlfriend do?

तिम्रो आमा कहाँ बस्नुहुन्छ ?

Where does your mother live?

अब निम्न अनुच्छेदलाई अनुवाद गरी हेर्नुहोस्

ऊ बिहान सबेरै उठ्छ र बाहिर निस्कन्छ । बाहिर केही मान्छेहरू मर्निङ् वाक गरिरहेका हुन्छन् । ऊ कतै टाढा कुकुर भुकेको पनि सुन्छ (hear dogs bark) । ऊ बिरक्तिन्छ (feel sad)  र आफ्नो अध्ययन कोठामा छिर्छ । एक छिन ठिङ्ग उभिएर वरिपरि हेर्छ र तुरुन्तै बाहिर निस्कन्छ । हतारमा जुत्ता लगाउँछ र बरन्डाबाट हाम फालेर कुद्छ र एकै छिनमा अँध्यारोमा हराउँछ ।

विशेष सल्लाह: तपाईंले प्रत्येक दिन केही लेखेर त्यसलाई अग्रजीमा अनुवाद गर्ने प्रयास गर्नु पर्छ यो गीतमा जसरी पहिले से लिखा कुच भी नही रोज नयाँ कुच लिख्ना पडेगा-

https://www.youtube.com/watch?v=RSPTck-B14k

स्मरण रहोस् उपन्यास लेख्न खोज्न पर्दैन, पाँच देखि दसवटा वाक्यको अनुच्छेद बनाउनु होस् र त्यसलाई अनुवाद गर्नुहोस् । तर नियमितताको अर्थ हुन्छ ।

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

Learn English with me: Simple past

यो tense को प्रयोग ‘अहिले अगाडि’ अथवा ‘विगतमा’ कुनै कुरो घट्यो भन्ने कुरा जनाउन प्रयोग हुन्छ । यो कालको नेपाली अनुवाद क्रिया अनुसार ‘खायो, सुत्यो, अनुवाद गर्यो, घृणा गरे, सताइन्’ इत्यादि हुन्छ ।

यो tense सामान्यतया: विगत जनाउने समय बोधक क्रिया विशेषणहरू (yesterday, the day before, ago, last, back)  सँग आउँछ ।

संरचनाहरू

Subject + verb 2 + object (खायो)

Subject + didn’t+ verb1 + object (खाएन)

Did+ Subject + verb1+ Object? (खायो ?)

What+ did + subject + verb1 + Obj?

Note: करण (affirmative) बाहेकका सबै संरचनामा verb1 को प्रयोग हुन्छ ।

Subject + verb 2 + object (खायो)                Subject + didn’t+ verb1 + object (खाएन)

ऊ हिजो सात बजे आइपुग्यो ।

He arrived at 7 yesterday.

राजा १२ वर्ष अघि मरे ।

The kind died 12 years ago.

उनीहरू छुट्टी मनाउन गए ।

They went on holiday.

मैले एउटा खबर सुने ।

I heard a piece of news.

उसले हामीलाई निम्तो दिएन ।

He didn’t invite us.

कसैले पनि घर सफा गरेन ।

Nobody cleaned the house.

पाँचवटा जन्मका वावजुद उनले कहिल्यै छोरी जन्माइनन् ।

Despite five births, she never had a baby girl.

उसलाई जागिर भेट्न मुश्किल भएन ।

He didn’t have difficulty finding a job.

Did+ Subject + verb1+ Object? (खायो ?)                What+ did + subject + verb1 + Obj?

हिजो पानी पर्यो ?

Did it rain yesterday?

तिमीले पार्टीमा यो कपडा लगायौं ?

Did anyone tell you anything?

कसैले तिमीलाई केही भन्यो ?

Did you sleep well last night?

तिमीलाई गत राति राम्रो निन्द्रा पर्यो ?

Did you lock the door?

ढोका त लगायौं ?

When did you migrate to Terai?

तिमीहरू कहिले तराइ झर्योँ ?

What time did he go?

ऊ कति बजे गयो ?

Where did you work before you came here?

यहाँ आउनु अगाडि तिमीले कहाँ काम गर्यो ?

When did you tell me that you loved me?

तिमीले कहिले भन्यो कि तिमी मलाई माया गर्छौं ?

 

Note 1:

 

मैले साँचो कहाँ राखेँ ?

Where have I kept my key?

मैले हिजो साँचो कहाँ राखेँ ?

Where did I keep the key yesterday?

यी दुईवटा वाक्यमा दुबै भूत काल जस्तो सुनिए पनि प्रथम वाक्य पूर्ण वर्तमान हो किन कि यो वाक्य अनुसार हामी अझै पनि साँचो खोजिरहेका छौं । अर्को वाक्य भने भूत काल हो ।

 

‘Be’  ले simple past मा ‘थियो, थिए’ आदि अर्थ दिन्छ र निम्न संरचनाको प्रयोग गरेर simple past मा प्रयोग गरिन्छ ।

Subject + was/were + noun/adjective

Subject + was/ were + not + noun/adjective

Was/Were+ subject+ noun/adjective?

Wh+ was/were+ subject+ noun/adjective?

केही उदाहरणहरू हेरौं:-

म हिजो इन्टरभ्यूमा ढिला भएँ ।

I was late to the interview.

उनीहरू घरमा थिएनन् ।

They were not at home.

मौसम कस्तो थियो ?

What was the weather like?

उसका बाआमा कस्ता थिए? – निकै मित्रवत् ।

What were his parents like? – Very amicable.

तिम्रो गाउँ कस्तो थियो ?

What was your village like?

हामी छुट्टीमा हुँदा मोसम राम्रो थिएन ।

The weather was not nice while we were on holiday.

केटाकेटीमा तिमीलाई केटीदेखि डर लाग्थ्यो ?

Were you afraid of girls in childhood?

हामी त्यति राम्रा विद्यार्थी थिएनौं ।

We were not very good students.

घरमा कोही थिएन ।

There was nobody at home.

खाट मुनि घिस्रँदै गरेको सर्प थियो ।

There was a snake slithering under the bed.

यो कलमको मूल्य कति पर्यो ?

How much was this pen?

Simple past tense लाई When र as soon as सँग राखेर दुईवटा past का वाक्यहरूलाई जोड्न सकिन्छ तर यस्तो प्रयोग विगतमा एक पछि अर्को तुरुन्त भएका वाक्यहरूमा हुन्छ । यदि एउटा काम र अर्को कामको बीचमा समयको अन्तराल छ भने यो प्रयोग गर्नु हुँदैन । यस्तो प्रयोगमा When र as soon as ले ‘बित्तिकै’ भन्ने अर्थ दिन्छ । संरचना र केही उदाहरणहरू हेरौं ।

Simple past (दोस्रो काम) + when/ as soon as + Simple past (प्रथम काम).

When/ as soon as + Simple past (प्रथम काम), Simple Past (दोस्रो काम) .

जस्तै,

सर्प देख्ने बित्तिकै ऊ चिच्यायो ।

He yelled when/as soon as he saw a snake.

As soon as/When he saw a snake, he yelled.

नोट: यहाँ ‘देख्ने’ काम पहिला भयो र ‘चिच्याउने’ काम दोस्रो भयो । यो क्रमलाई भुल्नु हुँदैन ।

अरू उदाहरणहरू:

म भित्र छिर्ने बित्तिकै बिरालो बाहिर भाग्यो ।

The cat ran out when I get in.

When I got in, the cat ran out.

चट्याङ्ग पर्ने बित्तिकै उसले मेरो अँगालोमा हाम फाली ।

She jumped into my embrace as soon as the thunder bolted.

As soon as the thunder bolted, she jumped into my embrace.

ऊ सडकमा निस्कने बित्तिकै कसैले गोली ठोक्यो ।

Somebody shot him when he got on the road.

When he got on the road, somebody shot him.

राधाले फ्रिज खोल्ने बित्तिकै जमेको माकुरा देखी ।

Radha saw a frozen spider as soon as she opened the fridge.

As soon as she opened the fridge, Radha saw a frozen spider.

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

 

Learn English with me:Is/Am/Are

Is/Am/Are- /हो

हामीलाई यो अभिव्यक्ति सरल लाग्न सक्छ र हामी ‘यस्ता जाबो’ भनेर यसलाई ‘वाइयात’ को करार दिन सक्छौं । तर बुझ्नु पर्ने कुरो के हो भने यो सम्भवत अंग्रेजीको सबैभन्दा महत्वपूर्ण मध्ये एक अभिव्यक्ति किनकी यो अभिव्यक्तिमा संसारका सबै विशेषणहरूको प्रयोग गर्न मिल्छ । यसको अर्थको हो, हामीले आजको कक्षाबाट विशेषणको प्रयोग गर्ने स्थान पनि भेट्नेछौं ।

अर्थ प्रयोग
Is छ वा छन् He, she, it र एकबचन् (I बाहेक)
Am छु वा हुँ I
Are छन् वा हुन् You, they, we र बहुबचन्

संरचनाहरू

Subject + is/am/are…..(छ वा हो)

Subject + is/am/are not…..(छैन वा हैन)

Is/am/are +subject+……? (छ वा हो ?)

Wh+ Is/am/are +subject+……?

Subject + is/am/are…..(छ वा हो)

म नेपाली हुँ ।

I am Nepali.

हामी साहित्यमा चाख लिन्छौं ।

We are interested in literature.

राजु विरामी छ । ऊ ओछ्यानमा छ ।

Raju is sick. He is in bed.

दश बज्यो । तिमी फेरि ढिला भयौं ।

It is ten. You are late again.

म तिर्खाएको छुइन तर म भोको छु ।

I am not thirsty but I am hungry.

आज घमाइलो छ तर आज रमाइलो छैन ।

It is sunny today but it is not funny today.

मौसम आज फिसिङ्का लागि उपयुक्त छ ।

The weather is apposite for fishing today,

हाम्रो सृजनात्मकता सीमित छ ।

Our creativity is limited.

हामी नेतासँग वाक्क छौं ।

We are fed up with the leaders.

उसको स्वास्थ्य गम्भीर छ ।

His health is critical.

Subject + is/am/are not…..(छैन वा हैन)

म कसैको मुटुमा छुइन ।

I am not in anyone’s heart.

हामी विश्वास गरी हाल्ने खालका छैंनौं ।

You are not gullible.

तिमी मेरो ब्रह्माण्डको केन्द्र हैनौं ।

You are not the centre of my universe.

तिमी मेरो खोजीको अन्त्य होइनौं ।

You are not the culmination of my quest.

उनीहरू खर्चिला छैनन् ।

They are not spendthrift.

राम निकम्मा हैन ।

Ram is a not complete failure.

सीता स्टेसनमा छैन । ऊ मेरो घरमा छे ।

Sita is not at the station. She is at my home.

यी कुर्सीहरू राम्रा छैनन् तर यिनीहरू आरामदायी छन् ।

These chairs are not nice, but they are comfortable.

भुटान ज्यादै ठूलो देश होइन ।

Bhutan is not a very big country.

काठमाण्डौं भारतमा छैन ।

Kathmandu is not in India.

Is/am/are +subject+……? (छ वा हो ?)                    Wh+ Is/am/are +subject+……?

तिम्रो आँखा काला छन् ?

Are your eyes black?

तिमीलाई सबै भन्दा मन पर्ने खेल कुन हो ?

What is your favorite sport?

म ढिला भएँ ?- अहँ, तिमी समय मै आयौं ।

Am I late? – No, you are on time.

तिम्री आमा घरमा हुनुहुन्छ ? अहँ, उहाँ बाहिर हुनुहुन्छ ।

Is your mother home? – No, she is out.

तिम्रो जुत्ताहरू राम्रा छन् । महङ्गा छन् ?

Your shoes are nice. Are they expensive?

यो कलम राम्रो छ । कति हो यसको मूल्य ?

This pen is nice. How much is it?

यी आँपहरू पाकेका छन् ? कति हो यिनको मूल्य ?

These mangoes are ripe. How much are they?

भोक लाग्यो ?

Are you hungry?

कति बज्यो ?

What is the time?

त्यो फोटोको मान्छे को हो ?

Who is that man in the photo?

बुबालाई कस्तो छ ?

How is your father?

तिम्रो प्रेमी कति वर्षका भए ?

How old is your boyfriend?

यहाँदेखि स्टेसन कति टाढा छ ?

How far is it from here to the station?

सुरेश झापाको हो ?

Is Suresh from Jhapa?

तिनीहरू कहाँका हुन् ?

Where are they from?

तिम्रो काम चाखलाग्दो छ ?

Is your job interesting?

यता वरिपरि हुलाक छ ?

Is there a post office around here?

तिम्रो बुबा कति वर्षको हुनु भयो ?

How old is your father?

तिम्रो नयाँ सर्टको रंग कस्तो छ ?

What color is your new shirt?

तिमी किन दुखी छौं ?

Why are you glum?

सल्लाह:

शब्दकोष पल्टाएर विशेषण (adjectives) खोज्नुहोस् र सके सम्म बढी भन्दा बढी वाक्य बनाउनु होस् । वाक्य बनाउँन विविध subject हरूको प्रयोग गर्नुहोस् । म, तिमी जस्ता सामान्य कर्ताहरूको मात्र प्रयोग नगर्नुहोस् ।

हामी अर्को ब्लगमा tense मा छिर्नेछौं  । कृपया मलाई फलो गरिरहनु होस् ।

 

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

List of chapters

अहिले सम्मको पाठको सूची

           यो ब्लग प्रयोग गर्ने तरिका

Day 1: Learn English with Me (परिचय)

Day 2: Sentence Structure and the parts of a sentence  (वाक्य संरचना र वाक्यका भागहरू)

Day 3: List of important verbs (महत्वपूर्ण क्रियाहरू)

Day 4: Do it. (जाऊ, खानुहोस्)

Day 5: Let’s do it. (गरौं)

Day 6: Types of a sentence (वाक्यको विभिन्न प्रकार)

Day 7: is/am/are  (छ/छन्/हुन्/छौं आदि)

Day 8: he is doing it (गर्दैछ)

Day 9: He does (गर्छ)

Day 10: He does or he is doing (गर्छ वा गर्दैछ) ?

Day 11: I have got (सँग छ)

Day 12: I did (गर्यो)

Day 13: I was doing (गर्दै थियो)

Day 14: I have done (गरेको छ)

 

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

Learn English with me: Present Perfect

Present Perfect को प्रयोग विगतमा कुनै घटना घट्यो र सो घटनाको असर अझैसम्म छ भन्ने कुरा जनाउन गरिन्छ । Present Perfect ‘अहिले’ सँग सम्बन्धित हुन्छ । यसको अर्थ ‘एको छ’ हुन्छ । तर स्मरण रहोस् कहिले कहिले झट्ट सुन्दा सामान्य भूत (simple past) जस्तो लाग्ने अभिव्यक्तिले पनि Present Perfect जनाइरहेको हुन्छ ।
केही उदाहरणहरू हेरौं-

भाइ बजार गएको छ ।
My brother has gone to the market.
कृष्ण धारावासीले धेरै उपन्यासहरू लेख्नु भएको छ ।
Krishna Dharabasi has authored several novels.
हामीले बाघ देखेका छैनौं ।
We have not seen a tiger.

संरचनाहरू
Subject + has/have +verb 3+ object (खाएको छ, गएको छ)
Subject + has/have just +verb3+ object (भर्खरै खाएको छ, भर्खरै गएको छ)
Subject + has/have already +verb3+ object (खाइ सक्यो, गइ सक्यो)
Subject + has/have not +verb 3+ object (खाएको छैन, गएको छैन)
Subject + has/have not +verb 3+ object yet (अझै सम्म खाएको छैन, अझैसम्म गएको छैन)
Has/ Have+ Subject + verb 3+ object? (खाएको छ, गएको छ ?)
Has/ Have+ Subject + verb 3+ object yet? (खाइ सक्यो? गइ सक्यो?
Wh + has/ have+ Subject + verb 3+ object?

नोटः अर्थ ‘एको छ’ भन्ने भए पनि हामी व्यवहारमा ‘यो’ प्रत्यय लगाउँछौं । यस्तो अवस्थामा ‘यो’ आयो भनेर Simple past tense को प्रयोग गर्न हुन्न । Simple past tense सँग सामान्यतया past समय आउँछ भने present perfect tense सामान्यतया past समय हुँदैन ।
नेपालीहरू विकासमा निकै पछि परेका छन् ।
The Nepalese have lagged far behind in terms of development.
भारतले नेपालीहरूको विश्वास तोडेको छ ।
India has broken the trust of Nepali people.
भरतले मलाई भर्खरै टेलिफोन गरेको छ ।
Bharat has just called me.
हामीले भर्खरै काठमाडौंमा एक टुक्रा जमिन किनेका छौं ।
We have just bought a plot of land in Kathmandu.
सलमानले भर्खरै यो वर्ष नयाँ सिनेमा नखेल्ने निर्णय गरेको छ ।
Salman has just decided not to do any new movies this year.
भाइले भर्खरै दाह्री काटेको छ ।
Brother has just shaved himself.
मैले सो सिनेमा पहलै हेरी सकेँ ।
I have already seen that movie.
उनीहरूले आफ्नो विगत बिर्सिसकें ।
They have already forgotten their past.
मैले आफ्नो नयाँ कपडा पहिलै लगाइसकें ।
I have already worn my new clothes.
उनीहरूले आफ्नो परियोजना पहिलै बुझाइ सके ।
They have already submitted their project
म पोखरा पुगेको छुइन ।
I have not been to Pokhara.
धेरै मान्छेहरू काठमाडौं बाहिर गएका छैनन् ।
Many people have not gone out of Kathmandu.
हामीले आफूले भनेका कुरा पूरा गर्न सकेका छैनौं ।
We have not been able to live up to what we said.
उसले आफ्नो असफल विगत बिर्सि सकेको छैन ।
He has not forgotten this unsuccessful past yet.
मैले अझै सम्म उसलाई भेटेको छुइन ।
I have not seen him yet.
त्यत्रा अप्ठेरा परिस्थितिका वावजुद उसले आफ्नो व्यवहार अझै सुधार गरेको छैन ।
Despite the queasy circumstances, he has not reformed.
पानी पर्न अझै सम्म रोकिएको छैन ।
It has not stopped raining yet.
बस अझैसम्म आएको छैन ।
The bus has not arrived yet.
आइसक्रिम खाएका छौं?
Have you eaten an ice-cream?
घोडा चढेका छौं?
Have you ridden a horse?
चिठ्ठी लेखी सक्यौं ?
Have you written the letter yet?
काका गइ सक्नु भयो ?
Has uncle gone yet?
मोबाइल किनी सक्यौं ?
Have you bought a mobile phone yet?
चिया पाकी सक्यो ?
Has the tea been ready yet?
तिमीले किन छाता ल्याएका ? “विश्वास गर । आज पानी पर्ने वाला छ ।“
Why have you carried the umbrella? “Trust me. It is going to rain today.”
तिम्रो बूढो कता लुकेका छन् ?
Where has your husband hidden?
तिमी कति पटक हवाईजहाज चढेका छौं ?
How many times have you traveled by air?
तिम्रो साँचो खोइ ? ‘मलाई थाह छैन । हरायो ।‘
Where is your key? “I don’t know. It has got lost.’
उसले मलाई आफ्नो गाउँको नाम भनेको थियो तर मैले बिर्सिएँ (वा बिर्सिएको छु)
He told me the name of his village but I have forgotten it.
तिमीले मेरो भाइ देख्यौं (वा देखेका छौं) ?
Have you seen my brother?
जीवन कहाँ गयो (वा गएको छ) ?
Where has Jivan gone?
ऐया! मैले आफ्नो औँला काटेँ (वा काटेको छु) ।
Ouch! I have cut my finger.
बाटामा दुर्घटना भएको छ । केही त्यता जान पाउँदैन ।
There has been an accident on the way. No one can go there.
सर्वोच्चका कर्मचारीले अझैसम्म लोकमानलाई पत्र थमाएका छैनन् ।
The employee from Supreme court has not handed the letter to Lok Man.
तिमीले आफ्नो नयाँ कपडा लगाइ सक्यौं ?
Have your worn your new clothe yet?
ब्राजिलले कति पल्ट विश्वकप जितेको छ ?
How many times has Brazil won the world cup?
तिम्रा नयाँ छिमेकीले तिमीलाई भेटिसके ?
Has your new neighbor seen you yet?
उसले जागिर भेटि सक्यो ?
Has he found a job yet?
तिमीले मलाई बिर्सियौं (कि क्या हो) ?
Have you forgotten me?
केही खाने हो ? “धन्यवाद । मैले भर्खरै ब्रेकफास्ट गरेको हो ।“
Would you like something to eat? “Thank you. But I have just eaten breakfast.”
भर्खर फर्केको हो ?
Have you just returned?
बुबालाई फोन गर्न नबिर्स । “मैले पहिला नै फोन गरिसके । उहाँ भोलि आउँदै हुनुहुन्छ ।“
Don’t forget to call your father. “I have already phoned him. He is coming tomorrow.
सरकारले सम्बिधान कार्यान्वयन गर्ने कुनै ठोस कदम चालेको छैन ।
The government has not taken a concrete step to implement the constitution.
गाडि कति बजे आउँछ ? “अघि आएर गइ सक्यो ।“
What time does the bus come? “It has already come and gone.”
पानी पर्ने रोकिइसक्यो ?
Has it stopped raining?
मैले केही कथाहरू लेखेकी छु तर अझैसम्म कुनै कथा छापेकी छुइन ।
I have written some stories but I have not had any published.
उनीहरूले हामीलाई अप्ठेरो अवस्थामा सहयोग गरेका छन् ।
They have helped us in hard times.
अन्तिममा म यो समस्या समाधान गर्न सक्षम भएको छु ।
Finally, I have been able to solve this problem.

‘Gone’ or ‘Been’
‘Go’ को प्रयोग Present Perfect tense मा गर्दा सावधानी अपनाउनु पर्ने हुन्छ । हुन त हामी व्यवहारमा “तिमी काठमाडौं गएका छौं ?” वा “मेरो बुबा धेरै पटक भारत जानु भएको छ“ भन्छौ । यी अभिव्यक्तिलाई अनुवाद गर्दा verb 3 को रूपमा gone प्रयोग गर्न मिल्दैन । यसको कारण के हो भने Present Perfect tense को प्रयोग विगतमा भएको तर असर अझै सम्म रहेको काममा गरिन्छ । “तिमी काठमाडौं गएका छौं ?” भनेर सोध्दा वा “मेरो बुबा धेरै पटक भारत जानु भएको छ“ भन्दा ‘तिमी’ र ‘बुबा’ अहिले क्रमशः काठमाडौं र भारत मा हुनुपर्छ, जुन असम्भव हुन्छ । त्यसैले यस्तो अवस्थामा ‘gone’ को सट्टामा ‘been’ को प्रयोग गरिन्छ ।
“तिमी काठमाडौं गएका छौं ?” (वा तिमी यही छौं ।)
Have you been to Kathmandu?
“मेरो बुबा धेरै पटक भारत जानु भएको छ ।“ (वा बुबा यही हुनुहुन्छ)
My father has been to India many times.

तर
भाइ बजार गएको छ । (भाइ यहाँ छैन)
My brother has gone to the market.
बुबा भारत जानु भएको छ । (बुबा यहाँ हुनुहुन्न )
My father has gone to India.

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

Learn English with Me: Present Continuous

Present Continuous Tense (गर्दैछ)

आज हामी औपचारिक रूपमा tense शुरुवातको गर्दछौं । Present Continuous tense को प्रयोग बोलिरहेको बखत हुँदै गरेको कुरा बताउन हुन्छ । उदाहरणको लागि,

म अपूर्ण वर्तमान कालको बारेमा लेख्दैछु ।

I am writing about present continuous tense.

बाहिर सवारी साधनहरू दगुर्दैछन् ।

Vehicles are plying outside.

मेरी श्रीमतीले मलाई खाना ल्याइदिदै छिन् ।

My wife is bringing me food.

त्यस्तै, यो tense को प्रयोग भविष्यको निश्चितताको बारेमा कुरा गर्न पनि हुन्छ । तर यस्तो प्रयोगमा भविष्य जनाउने क्रिया विशेषणको पनि प्रयोग गरिनु पर्छ ।

बुबा भोलि आउँदै हुनुहुन्छ ।

My father is coming tomorrow.

ऊ अर्को वर्ष विवाह गर्दैछे ।

She is getting married next year.

तिनीहरू चाडै नै काठमान्डौंमा नयाँ घर बनाउँदैछन् ।

They are building a new house in Kathmandu soon.

संरचनाहरू

Subject + is/am/are+v4+object‌…..(गर्दैछ)

Subject + is/am/are not+ v4+object …..(गर्दैछैन)

Is/am/are +subject+ v4+object ……? (गर्दैछ?)

Wh+ Is/am/are +subject+ v4+object ……?

Subject + is/am/are+v4+object‌…..(गर्दैछ)   Subject + is/am/are not+ v4+object …..(गर्दैछैन)

उनी बजार जाने बाटोमा छिन् । उनी बजारसम्म ड्राइभ गर्दैछिन् ।

She is on her way to the market. She is driving to the market.

कृपया हल्ला नगर्नुहोस् । म काम गर्दै छु ।

Please don’t make so much noise. I’m working.

‘मीरा कहाँ छे ?’ – ‘नुहाउँदै छे ।‘

‘Where’s Mira?’ ‘She’s having a bath.’

अब बाहिर जाऔं । पानी परिरहेको छैन ।

Let’s go out now. It isn’t raining any more.

म थाकेको छु । म ओछ्यान जाँदै छु ।

I’m tired. I’m going to bed now.

म अहिले चाखलाग्दो पुस्तक पढ्दै छु । पढिसकेपछि तिमीलाई दिनेछु ।

I’m reading an interesting book at the moment. I’ll lend it to you when I’ve finished it.

कमला अमेरिकामा काम गर्न चाहन्छे, त्यसैले ऊ अंग्रेजी सिक्दैछे ।

Kamala wants to work in the USA, so she is learning English.

‘तिमी आज परिश्रम गर्दैछौं ।‘ ‘हो, मैले धेरै काम गर्नु छ ।‘

‘You’re working hard today.’  ‘Yes, I have a lot to do.’

म मेरो छोरा खोज्दै छु । कहाँ छ तिमीलाई थाह छ ?

I am looking for my son. Do you know where he is?

अँध्यारो हुँदैछ । बत्ती बालौं ?

It is getting dark. Shall I turn on the light?

छाता छ ? पानी पर्न आँट्दै छ ?

Have you got an umbrella? It is starting to rain.

म तौल घटाउन चाहन्छु, त्यसैले म यो हप्ता लञ्च खाँदै छुइन ।

I want to lose weight, so this week I am not eating lunch.

मलाई लाग्छ प्रेम र अनिताको झगडा परेको छ । उनीहरू एक अर्कासँग बोलिरहेका छैनन् ।

I think Prem and Anita have had an argument. They are not speaking to each other.

Is/am/are +subject+ v4+object ……? (गर्दैछ?)    Wh+ Is/am/are +subject+ v4+object ……?

पार्टी राम्रो लाग्दै छ ?

Are you enjoying the party?

सरिता यो हप्ता काम गर्दै छे ? – अहँ, ऊ छुट्टीमा छे ।

‘Is Sarita working this week?’  ‘No, she’s on leave.’

तिम्रो अंग्रेजी सुध्रँदैछ ?

Is your English getting better?

यी सबै मान्छे किन यहाँ छन् ? उनीहरू के गर्दैछन् ?

Why are all these people here? What are they doing?

तिमी मलाई किन त्यस्तरी हेरी रहेका छौं ?

Why are you looking at me like that?

‘बिसाल विश्वविद्यालयको विद्यार्थी हो ।‘ ‘हो र ? के पढ्दै छ ?’

‘Bishal is a student at university.’ ‘Is he? What is he studying? ‘

रेडियो कसैले सुन्दैछ कि बन्द गर्दा हुन्छ ?

Is anyone listening to the radio or can I turn it off?

तिमीलाई भेट्दा खुसी लाग्यो । अचेल के गर्दै छौं ?

How nice to see you! What are you doing these days?

तिमी एक्लै बस्दै छौं ?

Are you living alone?

तिमी भोलि कति बजे उठ्दैछौं ?

What time are you getting up tomorrow?

अब निम्न अनुच्छेदलाई अनुवाद गर्नुहोस् ।

म कुनै नयाँ काम गर्ने बारेमा सोचिरहेको छु । मेरो साथी मेरो छेउको सोफामा बसेका छन् । बाहिर घाम लागिरहेको छ । केही कराइरहेको छ । आकाशमा हवाईजहाज उडिरहेको छ ।

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

Learn English with Me: Past Continuous

विगतको कुनै निश्चित समयमा कुनै काम भइरहेको थियो भन्ने कुरा जनाउन यो Tense को प्रयोग हुन्छ । यो विगतको निश्चित समय (हिजो साँझ, अस्ति सात बजे, यो समय हिजो/गत हप्ता/महिना/वर्ष इत्यादि) सँग वा When+ simple past सँग आउँछ । यो Tense ले ‘गर्दै थियो’ भन्ने जनाउँछ ।

संरचनाहरू:

Subject + was/were verb 4 + obj (गर्दै थियो)

Subject + was/were not verb 4 + obj (गर्दै थिएन)

Was/were + subject + verb 4 + obj? (गर्दै थियो ?)

Wh+ was/were + subject + verb 4 + obj?

अब केही उदाहरणहरू हरौं:

म हिजो सात बजे टिभी हेर्दै थिएँ ।

I was watching TV at 7 yesterday.

तिमीले फोन गर्दा भाइ पढ्दै थिएन ।

My brother was not reading when you called me.

हामीहरू घरबाट बाहिर निस्किँदा पानी पर्दै थियो ।

It was raining when we got out.

तिमी यति बेला दस वर्ष अगाडि कहाँ बस्दै थियौँ ?

Where were you living this time ten years ago?

तिमी हिजो साँझ के गर्दै थियौँ ?

What were you doing yesterday evening?

तिमी गत हप्ता कोसँग हिँडिरहेका थियौँ ?

Who were you walking with last week?

बुबा बित्दा उनीहरू विदेशमा काम गर्दै थिए ।

They were working overseas when their father passed away.

गत वर्ष यति बेला हामी भाग्ने बारेमा सोचिरहेका थियौँ ।

We were thinking about running away this time last year.

मैले उसलाई बोलाए तर ऊ हरिरहेको थिएन ।

I called him, but he was not looking (at me).

राजुले खाना पकाउँदा आफ्नो हात जलायो ।

Raju brunt his hand while he was cooking.

हरि लड्दा सिलिङमा रंग लगाउँदै थियो ।

Hari was painting the ceiling when he fell off the ladder.

म फिल्मको मनोरञ्जन लिदै थिएँ तर किरणले घर फर्कने चाहना राख्यो ।

I was enjoying the film, but Kiran wanted to go home.

यो काल When र while जस्ता संयोजकसँग पनि आउँछ । यस्तो प्रयोगमा सामान्यतया निम्न प्रकारको ढाँचा हुन्छ ।

  1. When + Simple Past, past continuous

Or

Past continuous + when + simple past

(गर्दा हुँदै थियो)

कुनै काम हुँदा अर्को काम हुँदै थियो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै म घर फर्किँदा ऊ बजार जाँदै थियो । (He was going to the market when I returned home. उसले देश छोड्दा उसको बुबा अझै काम गर्दै हुनुहुन्थ्यो । (His father was still working when he left the country. केही अतिरिक्त उदाहरणहरू हेरौं ।

मैले फोन गर्दा के गर्दै थियौँ ?

What were you doing when I called you?

तिमी बाहिर जाँदा पार्टी चल्दै थियो ?

Was the party going on when you went out?

टेलिफोनको घण्टी बज्दा म तरकारी पकाउँदै थिएँ ।

When the telephone rang, I was cooking curry.

उनीहरू फर्किँदा ऊ बाहिर जाने तयारी गर्दै थियो ।

He was preparing to go out when they returned.

मैले बोलाउँदा सरिता मलाई हेरिरहेकी थिइन ।

Sarita was not looking at me when I called her.

भोज सुरु हुँदा निम्तालुहरू आउँदै थिए ।

The invitees were coming when the feast started.

  1.  While+ past continuous, simple past

Or

Simple past+  while + past continuous

(गर्दा गर्दै भयो )

कुनै काम हुँदै गर्दा अर्को काम भयो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै ऊ बजार जाँदा जाँदै म घर फर्किएँ । (I returned home while he was going home.) बुबाले अझै काम गरिरहँदा उसले देश छोड्यो । (He left the country while his father was still working.) केही अतिरिक्त उदाहरणहरू हेरौं ।

म पढ्दा पढ्दै निदाएँ ।

I fell asleep while I was reading.

पाहुनाहरू खाँदा खाँदै आए ।

The guests came while we were eating.

मैले जागिर छोड्ने बारेमा सोच्दै गर्दा मेरो बढुवा भयो ।

I was promoted while I was considering quitting the job.

हामीले वर्तमान पद्धतिलाई सुधार्दै गर्दा नयाँ पद्धतिको विकास गर्यौं ।

While we were improving the present method, we developed a new method.

मैले फिल्मको मनोरञ्जन लिदै गर्दा उ उठेर हिँड्यो ।

While I was enjoying the movie, he walked out.

दसै आउँदै गर्दा हामीसँग भएको पैसा सकियो ।

Our money ran out while the Dashain was approaching.

  1. While past continuous, while past continuous

Or

Past continuous +while + past continuous

(गर्दै गर्दा हुँदै थियो)

कुनै काम हुँदै गर्दा अर्को काम हुँदै थियो भन्ने जनाउन यसको प्रयोग प्रयुक्त हुन्छ । जस्तै म घर फर्कदै गर्दा ऊ बजार जाँदै थियो । (He was going to the market while I was getting back home. कुकुरहरू धूलोमा खेल्दै गर्दा केटाकेटीहरू पौडी खेल्दै थिए । (The children were swimming while the dogs were willowing in dirt. केही अतिरिक्त उदाहरणहरू हेरौं ।

मैले गाउँदै गर्दा ऊ बाँसुरी बजाउँदै थियो ।

He was playing the fife while I was singing.

शिक्षकले पढाउँदै गर्दा विद्यार्थीहरू हल्ला गर्दै थिए ।

The students were making noise while the teacher was teaching.

तिमीले मलाई आफ्नो कथा सुनाउँदै गर्दा म गुनगुनाउँदै थिए ।

I was humming while you were relating me your story.

उनीहरूले परीक्षाको तयारी गर्दै गर्दा हामी परीक्षा दिँदै थियौँ ।

We were doing the exams while they were preparing for their exams.

युवाहरू विदेशिइ रहँदा सरकार उनीहरूलाई रोक्न केही गरिरहेको थिएन ।

The government was not doing anything to stop the youths while they were going abroad.

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

 

Learn English with me: List of important verbs

Learn English with me: List of important verbs

रूपको आधारमा Verb लाई ६ भागमा बाँड्न सकिन्छ;

Verb 1 (v1) :- प्रत्यय नथपिएको मूल वर्तमान जनाउने Verb । उदाहरणको लागि, go, eat, strive, whip etc.

Verb 2 (v2):- भूत जनाउने रूप बदलिएको Verb । उदाहरणको लागि, went, ate, strived, whipped.

Verb 3 (v3):- ‘एको’ जनाउने रूप बदलिएको Verb । उदाहरणको लागि, gone, eaten, strived, whipped.

Verb 4 (v4):- ‘गर्दै’ जनाउने मूल Verb मा ing थपिएको Verb । उदाहरणको लागि, going, eating, striving, whipping

Verb 5 (v5):- ‘गर्छ’ जनाउने मूल Verb मा s/es थपिएको Verb । उदाहरणको लागि, goes, eats, strives, whips ।

 

केही महत्वपूर्ण Verbहरूको रूपको सूची र तिनको अर्थ तल दिइएको छ । तपाईंले यी Verbहरू अनिवार्य रूपले जान्नु पर्छ ।

V1                                                                           v2                           v3                           v4                           v5

Abide (नियम मान्नु) Abided (नियम मान्य) Abided (नियम मानेको) Abiding (नियम मान्दै) Abides (नियम मान्छ)
Alight (बाल्नु) Alighted Alighted Alighting Alights
Arise  उठ्नु Arose Arisen Arising Arises
Awake ब्यूँझनु Awoke Awoken Awaking Awakes
Be हुनु Was/Were Been Being Is
Bear सहनु Bore Born/Borne Bearing Bears
Beat कुट्नु Beat Beaten Beating Beats
Become हुनु Became Become Becoming Becomes
Begin शुरु गर्नु Began Begun Beginning Begins
Bend बङ्ग्याउनु Bent Bent Bending Bends
Bet बाजी राख्नु Bet Bet Betting Bets
Bind (बाँध्नु) Bound Bound Binding Binds
Bite टोक्नु Bit Bitten Biting Bites
Bleed रगत आउनु Bled Bled Bleeding Bleeds
Blow फुक्नु Blew Blown Blowing Blows
Break भाँच्नु Broke Broken Breaking Breaks
Bring ल्याउनु Brought Brought Bringing Brings
Broadcast प्रसारण गर्नु Broadcast Broadcast Broadcasting Broadcasts
Build निर्माण गर्नु Built Built Building Builds
Burn बाल्नु Burnt Burnt Burning Burns
Buy किन्नु Bought Bought Buying Buys
Cast फ्याँक्नु Cast Cast Casting Casts
Catch समात्नु Caught Caught Catching Catches
Choose छान्नु Chose Chosen Choosing Chooses
Clap ताली पिट्नु Clapped Clapped Clapping Claps
Cling टाँसिनु Clung Clung Clinging Clings
Clothe कपडा लगाउनु Clothed Clothed Clothing Clothes
Come आउनु Came Come Coming Comes
Cost मूल्य पर्नु Cost Cost Costing Costs
Creep घस्रनु Crept Crept Creeping Creeps
Cut काट्नु Cut Cut Cutting Cuts
Dare साहस गर्नु Dared Dared Daring Dares
Deal व्यवहार गर्नु Dealt Dealt Dealing Deals
Dig खन्नु Dug Dug Digging Digs
Dive हाम फाल्नु Dived Dived Diving Dives
Do गर्नु Did Done Doing Does
Draw खिच्नु Drew Drawn Drawing Draws
Dream सपना देख्नु Dreamt Dreamt Dreaming Dreams
Drink पिउनु Drank Drunk Drinking Drinks
Drive हाँक्नु Drove Driven Driving Drives
Dwell बस्नु Dwelt Dwelt Dwelling Dwells
Eat खानु Ate Eaten Eating Eats
Fall झर्नु Fell Fallen Falling Falls
Feed खुवाउनु Fed Fed Feeding Feeds
Feel महशुस गर्नु Felt Felt Feeling Feels
Fight झगडा गर्नु Fought Fought Fighting Fights
Find पत्ता लगाउनु Found Found Finding Finds
Fit सुहाउनु Fitted Fitted Fitting Fits
Flee भाग्नु Fled Fled Fleeing Flees
Fling फ्याँक्नु Flung Flung Flinging Flings
Fly उड्नु Flew Flown Flying Flies
Forbid निषेध गर्नु Forbade/Forbad Forbidden Forbidding Forbids
Forecast अनुमान गर्नु Forecast Forecast Forecasting Forecasts
Forget बिर्सनु Forgot Forgotten Forgetting Forgets
Forgive माफ गर्नु Forgave Forgiven Forgiving Forgives
Forsake त्याग्नु Forsook Forsaken Forsaking Forsakes
Freeze जम्नु Froze Frozen Freezing Freezes
Get पाउनु Got Got Getting Gets
Give दिनु Gave Given Giving Gives
Go जानु Went Gone/Been Going Goes
Grind पिँध्नु Ground Ground Grinding Grinds
Grow बढ्नु, बढाउनु Grew Grown Growing Grows
Handwrite हातले लेख्नु Handwrote Handwritten Handwriting Handwrites
Hang झुन्ड्याउनु Hung Hung Hanging Hangs
Have सँग हुनु Had Had Having Has
Hear खबर पाउनु/ सुन्नु Heard Heard Hearing Hears
Hide लुक्नु Hid Hidden Hiding Hides
Hit पिट्नु Hit Hit Hitting Hits
Hold थाम्नु, समात्नु Held Held Holding Holds
Hurt दुखाउनु Hurt Hurt Hurting Hurts
Keep राख्नु Kept Kept Keeping Keeps
Kneel घुँडा टेक्नु Knelt Knelt Kneeling Kneels
Knit बुन्नु Knit Knit Knitting Knits
Know जान्नु Knew Known Knowing Knows
Lead नेतृत्व गर्नु Led Led Leading Leads
Lean अडेसा लाग्नु Leant Leant Leaning Leans
Leap उफ्रनु Leaped Leaped Leaping Leaps
Learn सिक्नु Learnt Learnt Learning Learns
Leave छोड्नु Left Left Leaving Leaves
Lend उधारो दिनु Lent Lent Lending Lends
Let (गर्न) दिनु Let Let Letting Lets
Lie ढाँट्नु Lay Lain Lying Lies
Light बाल्नु Lit Lit Lighting Lights
Lose हराउनु Lost Lost Losing Loses
Make बनाउनु Made Made Making Makes
Mean अर्थ हुनु Meant Meant Meaning Means
Meet भेट्नु Met Met Meeting Meets
Melt पग्लनु Melted Melted Melting Melts
Mislead भ्रमित पार्नु Misled Misled Misleading Misleads
Misunderstand गलत बुझ्नु Misunderstood Misunderstood Misunderstanding Misunderstands
Overdraw (बैकबाट) पैसा झिक्नु, फिर्ता लिनु Overdrew Overdrawn Overdrawing Overdraws
Overhear कुरा सुन्नु Overheard Overheard Overhearing Overhears
Overtake अगाडि बढ्नु Overtook Overtaken Overtaking Overtakes
Pay तिर्नु Paid Paid Paying Pays
Prove प्रमाणित गर्नु Proved Proved Proving Proves
Put राख्नु Put Put Putting Puts
Quit छोड्नु Quit Quit Quitting Quits
Reprove गाली गर्नु Re-proved Re-proved Re-proving Re-proves
Read पढ्नु Read Read Reading Reads
Rid मुक्त हुनु Rid Rid Ridding Rids
Ride चढ्नु Rode Ridden Riding Rides
Ring घण्टी बजाउनु Rang Rung Ringing Rings
Rise उदाउनु Rose Risen Rising Rises
Run दगुर्नु Ran Run Running Runs
Saw आराले काठ काट्नु Sawed Sawed Sawing Saws
Say भन्नु Said Said Saying Says
See देख्नु Saw Seen Seeing Sees
Seek खोज्नु Sought Sought Seeking Seeks
Sell बेच्नु Sold Sold Selling Sells
Send पठाउनु Sent Sent Sending Sends
Set अस्ताउनु Set Set Setting Sets
Sew सिउनु Sewed Sewed Sewing Sews
Shake हल्लाउनु Shook Shaken Shaking Shakes
Shave दारी काट्नु Shaved Shaved Shaving Shaves
Shear (भेडाबाट) ऊन निकाल्नु Sheared Sheared Shearing Shears
Shine चम्कनु Shone Shone Shining Shines
Shoot गोली हान्नु Shot Shot Shooting Shoots
Show देखाउनु Showed Shown Showing Shows
Shrink खुम्चनु Shrank Shrunk Shrinking Shrinks
Shut बन्द गर्नु Shut Shut Shutting Shuts
Sing गाउनु Sang Sung Singing Sings
Sink डुब्नु Sank Sunk Sinking Sinks
Sit बस्नु Sat Sat Sitting Sits
Slay मार्नु  Slew Slain Slaying Slays
Sleep सुत्नु Slept Slept Sleeping Sleeps
Slide चिप्लनु Slid Slid Sliding Slides
Sling बैसाखीमा हिड्नु Slung Slung Slinging Slings
Slink खुसुक्क हिड्नु Slunk Slunk Slinking Slinks
Slit घाँटी काट्नु Slit Slit Slitting Slits
Smell गन्ध आउनु Smelt Smelt Smelling Smells
Sneak जासुस गर्नु Sneaked Sneaked Sneaking Sneaks
Soothsay भविष्यवाणी गर्नु Soothsaid Soothsaid Soothsaying Soothsays
Sow बीउ (आदि) छर्नु Sowed Sown Sowing Sows
Speak बोल्नु Spoke Spoken Speaking Speaks
Speed चाँडो जानु Sped Sped Speeding Speeds
Spell हिज्जे भन्नु Spelt Spelt Spelling Spells
Spend खर्च गर्नु Spent Spent Spending Spends
Spill पोख्नु Spilt/Spilled Spilt/Spilled Spilling Spills
Spin (दिमाग आदि) घुम्नु Span Spun Spinning Spins
Spit थुक्नु Spat/Spit Spat/Spit Spitting Spits
Split छुट्टिनु Split Split Splitting Splits
Spoil बिगार्नु Spoilt/Spoiled Spoilt/Spoiled Spoiling Spoils
Spread फैलाउनु Spread Spread Spreading Spreads
Spring उफ्रनु Sprang Sprung Springing Springs
Stand उभिनु Stood Stood Standing Stands
Steal चोर्नु Stole Stolen Stealing Steals
Stick टाँस्नु Stuck Stuck Sticking Sticks
Sting (सर्प आदिले) टोक्नु Stung Stung Stinging Stings
Stink गन्हाउनु Stank Stunk Stinking Stinks
Stride चाँडो हिँड्नु Strode Stridden Striding Strides
Strike हिर्काउनु Struck Stricken Striking Strikes
String बाँध्नु Strung Strung Stringing Strings
Strip बोक्रा छोडाउनु Stripped Stripped Stripping Strips
Strive संघर्ष गर्नु Strove Striven Striving Strives
Swear कसम खानु Swore Sworn Swearing Swears
Sweat पसिना काड्नु Sweated Sweated Sweating Sweats
Sweep बढार्नु Swept Swept Sweeping Sweeps
Swell सुन्निनु Swelled Swollen Swelling Swells
Swim पौडिनु Swam Swum Swimming Swims
Swing पिङ खेल्नु Swung Swung Swinging Swings
Take लिनु Took Taken Taking Takes
Teach सिकाउनु Taught Taught Teaching Teaches
Tear च्यात्नु Tore Torn Tearing Tears
Tell भन्नु Told Told Telling Tells
Think सोच्नु Thought Thought Thinking Thinks
Thrive उन्नति गर्नु Thrived Thrived Thriving Thrives
Throw फ्याँक्नु Threw Thrown Throwing Throws
Thrust (दायित्व) दिनु Thrust Thrust Thrusting Thrusts
Tread टेक्नु Trod Trodden Treading Treads
Undergo ..बाट गुज्रनु Underwent Undergone Undergoing Undergoes
Understand बुझ्नु Understood Understood Understanding Understands
Undertake गर्नु Undertook Undertaken Undertaking Undertakes
Upset दुखी पार्नु Upset Upset Upsetting Upsets
Vex दिक्दार बनाउनु Vexed Vexed Vexing Vexes
Wake ब्यूँझाउनु Woke Woken Waking Wakes
Wear लगाउनु Wore Worn Wearing Wears
Weave बुन्नु Wove Woven Weaving Weaves
Wed बिहे गर्नु Wed Wed Wedding Weds
Weep रुनु Wept Wept Weeping Weeps
Wend विस्तारै अघि बढ्नु Wended Wended Wending Wends
Wet ओसिलो बनाउनु Wet Wet Wetting Wets
Win जित्नु Won Won Winning Wins
Wind बेर्नु Wound Wound Winding Winds
Wring बटार्नु Wrung Wrung Wringing Wrings
Write लेख्नु Wrote Written Writing

 

 

Writes

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

Learn English with Me: I do vs. I am doing

Learn English with Me: I do vs. I am doing

अस्थायी अवस्थामा I am doing को प्रयोग हुन्छ ।

पानी उम्लँदै छ । हिटर बन्द गरूँ ?

The water is boiling. Can you turn the heater off? (अहिले उम्लिरहेको छ)

ती मान्छेहरूको कुरा सुन । उनीहरू कुन भाषा बोलिरहेका छन् ?

Listen to those people. What language are they speaking? (अहिले बोल्दैछन्)

बाहिर जाऔं । घाम लागिरहेको छैन ।

Let’s go out. The sun is not shining now.

तिमी अहिले के गर्दै छौं ?

What are you doing now?

म फ्लाट नभेटुन्जेलका लागि साथीहरूसँग बस्दैछु ।

I’m living with some friends until I find a flat.

मेरो बुबा यो उमेरमा पौडी खेल्न सिक्दै हुनुहुन्छ ।

My father is learning to swim at this age.

त्यो मान्छे तिम्रो कारको ढोका खोल्न खोज्दैछ ।

That man is trying to open the door of your car.

तिमी रेडियो सुन्दै छौं ?

Are you listening to the radio?

को बोल्दै छ ?

Who is speaking?

उनीहरू कही जाँदै छैनन् ।

They are not going anywhere.

तर स्थायी काममा I do को प्रयोग हुन्छ ।

पानी १०० डिग्रीमा उम्लन्छ ।

Water boils at 100 degrees celsius.

माफ गर्नुहोस्, तपाईं तामाङ भाषा बोल्नुहुन्छ ?

Excuse me, do you speak Tamang?

हिउँदमा त्यति घाम लाग्दैन ।

The sun does not shine very much in winter.

तपाईं सामान्यतया सप्ताहन्तमा के गर्नुहुन्छ ?

What do you usually do at weekends?

तिमी आफ्नी प्रेमिकासँग बस्दै छौं ?

Do you live with your girl friend?

प्राय जसो मान्छेहरू केटाकेटी मै पौडी खेल्न सिक्छन् ।

Most people learn to swim when they are children.

उ खुसी हुने प्रयास गर्छ तर सक्दैन ।

He tries to be cheerful, but to no avail.

तिमी प्रत्येक दिन रेडियो सुन्छौं ?

Do you listen to the radio every day?

रमिता भाषामा अब्बल छे । ऊ चार वटा भाषा राम्ररी बोल्छे ।

Ramita is very good at languages. She speaks four languages very well.

पृथ्वी चन्द्रमाको वरिपरि जाँदैन ।

The earth does not go round the sun.

I always do and I’m always doing

‘We always do something’ भन्नाले हामी सधैँ यो काम गर्छौं भन्ने अर्थ लाग्छ

We always walk to work.

म सधैँ अफिससम्म/कामसम्म हिड्छु ।

They always burrow salt from us.

उनीहरू सधैँ हाम्रोबाट नुन लान्छन् ।

‘We’re always doing something’ भन्नाले हामी प्राय: वा धेरै यो काम गर्छौं भन्ने अर्थ लाग्छ ।

You’ve lost my key again. You’re always losing things.

यहाँ प्रयोग भएको always ले निकै वा धेरै भन्ने अर्थ दिन्छ । अरू उदाहरणहरू हेरौं;

He’s always watching television. He should do something more active.

ऊ निकै टेलिभिजन हेर्छ । उसले कुनै सक्रिय काम गर्नुपर्छ ।

Umesh is never quiet. He’s always complaining.

उमेर कहिल्यै शान्त बस्दैन । ऊ सधैँ कचकच गरिरहन्छ ।

Non-continuous verbs: केही यस्ता verbs हरू छन् जसलाई सामान्यतया continuous tense मा प्रयोग गर्न मिल्दैन । यसको अर्थ हो, तिनीहरूलाई continuous tense बाहेकका tense मा प्रयोग गरिनुपर्छ । ती verbs हरूको सूची निम्न अनुसार दिइएको छ:

Like        love         hate

Want        need        prefer

Know       realize       suppose

Mean       understand   believe

Remember   belong       contain

Consist      depend      seem

उदाहरणहरू:

ऊ चकलेट मन पराउँछ ।

He likes chocolates.

म ढिलो हुन मन गराउँदिन ।

I don’t like to be late.

रामलाई सीता भन्दा हरिको प्रेमिका मन पर्छ ।

Ram prefers Hari’s girl friend to Sita.

तिमीले भन्न खोजेको कुरा के हो ?

What do you mean?

म तिमीलाई घृणा गर्न मन पराउँछु ।

I love to hate you.

मलाई सम्झन्छौं ?

Do you remember me?

मलाई बुझ्दैछौं ?

Do you understand me?

ऊ धनी छ जस्तो छ ।

He seems to be rich.

यो ब्लगमा अंग्रेजी पाठहरू समावेश छन् ।

This blog contains English lessons.

मान्छेहरू सामान्यतया अरूलाई विश्वास गर्दैनन् ।

People don’t usually believe others.

म तिमीलाई घृणा गरिरहेको छुइन ।

I don’t hate you.

तिमी अझै आफ्ना बा-आमामा आश्रित छौं ।

You still depend on your parents.

मेरो खाँचो परिरहेको हो ?

Do you need me?

Think लाई लाग्नुको अर्थमा प्रयोग गर्दा पनि यसलाई present tense मा राखिनु पर्छ ।

What do you think I should do?

मैले के गर्नु पर्छ जस्तो लाग्छ ?

I think you should marry.

मलाई लाग्छ तिमीले बिहे गर्नु पर्छ ।

तर अन्य अवस्थामा यो क्रिया दुबै काममा प्रयोग गर्न सकिन्छ ।

He only thinks about you.

ऊ तिम्रो बारेमा मात्र सोच्छ ।

He is thinking of studying medicine.

ऊ चिकित्साशास्त्र पढ्ने बारेमा सोच्दैछ ।

‘Have’ लाई ‘सँग हुनु’ अर्थमा कहिल्यै पनि continuous tense  मा लग्न मिल्दैन ।

जस्तै,

मसँग केही साथीहरू छन् ।

I have a few friends.

उनको टाउको दुखेको छ ।

She has a headache.

तर

राम नुहाउँदै छ ।

Ram is having a bath.

उनीहरू जमिन हेर्दैछन् ।

They are having a look at the land.

See  hear  smell  taste पनि non-continuous verbs हुन् ।

त्यहाँकी केटी देख्छौ ?

Do you see the girl over there?

यो कोठो गनाउँदैछ । झ्याल खोल न बिन्ती ।

This room smells. Please open the window.

तर See  लाई भने present continuous tense प्रयोग गर्न मिल्छ । तर यस्तो प्रयोगमा भविष्यमा भेट्नु भन्ने अर्थ आउँछ ।

म भोलि चिकित्सकलाई भेट्दै छु ।

I am seeing the doctor tomorrow.

‘be’ लाई सामान्यतया present continuous tense मा प्रयोग गर्न नमिले पनि selfish, generous, supportive, friendly आदि जस्ता व्यवहारगत/गुणात्मक विशेषणहरूसँग यसको प्रयोग हुन सक्छ । तर अर्थ नकारात्मक जस्तै हुन्छ । निम्न उदाहरणहरूलाई हेरौं :-

ऊ दानी छ ।                          ऊ दानी देखिँदैछ (तर सामान्यतया दानी छैन)

He is generous.                                               He is being generous.

उनीहरू मित्रवत् छन् ।                        उनीहरू मित्रवत् देखिँदैछन् (तर सामान्यतया छैनन्)

They are friendly.                                           They are being friendly.

Look Feel दुबै कालमा प्रयुक्त हुन्छ र दुबै कालमा यिनले एउटै अर्थ दिन्छन् ।

I am feeling cold.

I feel cold.

(माथिका दुबै वाक्यको अर्थ- मलाई जाडो भयो भन्ने हुन्छ)

You are looking stunning.

You look stunning

(तिमी मनमोहक देखिएका छौं )

 अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

 

Learn English with Me: Have

Have को प्रयोग सामान्यतया स्वामित्व बुझाउन गरिन्छ । यसले ‘सँग/मा छ’ भन्ने अर्थ दिन्छ । ‘have got’ ले पनि उही अर्थ दिन्छ । जस्तै,
मसँग धेरै उपन्यासहरू छन् ।
I have many novels. Or

I have got many novels.
सीताको घरमा बगैँचा छैन ।
Sita’s house does not have a garden.

Sita’s house has not got a garden.

संरचनाहरू

Sub+ have/has+ noun (सँग छ)

Sub+ does/does+ have+ noun (सँग छैन)

Do/Does+ Sub + have+ noun? (सँग छ?)

Wh+ do/does +sub + noun?

Sub+ has/have got+ noun.

Sub+ has/have not got + noun.

Has/Have + sub+ got + noun?

Wh + has/have+ sub+ noun?

मेरो एउटा भाइ छ ।

I have a brother.

उनीहरूसँग नयाँ घर छ ।

They have a new house.

धनीसँग धेरै इर्ष्या हुन्छ ।

The rich have a lot of jealousy.

हामीसँग धेरै पैसा छैन । त्यसैले हामी पछौटे छौं ।

We don’t have much money. So We are laggards.

उसका धेरै सपनाहरू छैनन् ।

He doesn’t have many dreams.

ला! ऊसँग साँचो छैन । ऊ कसरी कोठा भित्र छिर्ला ।

Oh no! He doesn’t have a key. How’d he get in?

पानी पर्न थाल्यो । छाता छ ?

It’s started to rain. Do you have an umbrella?

तिम्रो झोलामा के छ ?

What do you have in your bag?

हामीसँग जम्मा कति रुपैयाँ छ ?

How much money do we have altogether?

तिम्रा कति जना भाइ बहिनीहरू छन् ?

How many siblings do you have?

मेरो एउटा भाइ छ ।

I have got a brother.

उनीहरूसँग नयाँ घर छ ।

They have got a new house.

धनीसँग धेरै इर्ष्या हुन्छ ।

The rich have got a lot of jealousy.

हामीसँग धेरै पैसा छैन । त्यसैले हामी पछौटे छौं ।

We haven’t got much money. So we are laggards.

उसका धेरै सपनाहरू छैनन् ।

He hasn’t got many dreams.

ला! ऊसँग साँचो छैन । ऊ कसरी कोठा भित्र छिर्ला ।

Oh no! He hasn’t got a key. How’d he get in?

पानी पर्न थाल्यो । छाता छ ?

It has started to rain. Have you got an umbrella?

तिम्रो झोलामा के छ ?

What have you got in your bag?

हामीसँग जम्मा कति रुपैयाँ छ ?

How much money have we got all together?

तिम्रा कति जना भाइ बहिनीहरू छन् ?

How many siblings have you got?

म बिरामी छु ( I have/I have got+ disease name)

अभिव्यक्तिको प्रयोग गरेर हामी आफू वा अरूलाई लागेको रोगको बारेमा बात मार्न सक्छौं । अझ विशिष्ट भएर भन्दा: have+ a stomachache/backache/अरू ache भएका शब्द/

Have+ a cold/ a sore throat/ pain/cramp on my feet etc

निम्न उदाहरणहरूलाई हेरौं ।

मेरो टाउको दुखेको छ ।

I have got a headache.

हरिको बुबालाई क्यान्सर भएको छ ।

Hari’s father has a cancer.

मेरो आमाको ढाड दुखेको छ ।

My mother has a backache.

मेरो खट्टा मर्केको छ ।

I have got a cramp on my leg.

मेरो बच्चालाई ज्वरो आएको छ ।

My baby has a flue.

Have को अन्य प्रयोग

  • Have + food (खानु)

I always have eggs for my breakfast.

म सधैँ ब्रेकफास्टमा अण्डा खाइन्छु ।

They are having lunch.

उनीहरू लञ्च गर्दैछन् ।

Would you like to have a cigarette?

चुरोट खाने हो ?

  • Have केही नामसँग जोडिएर आउँदा उक्त नाम अनुसारको क्रिया बन्छ । केही उदाहरणहरू:
Have a bath/ a shower (नुहाउनु)

Have an experience (अनुभव हुनु)

Have a baby (बच्चा पाउनु)

Have an accident (दुर्घटनामा पर्नु)

Have a premonition (पूर्वाभास हुनु)

Have an insight  (ज्ञान हुनु)

Have a swim (पौडी खेल्नु)

Have a rest/ a break (आराम गर्नु)

Have a party (पार्टी गर्नु)

Have a day off/holiday (छुट्टी हुनु)

Have a nice time (रमाइलो गर्नु)

Have a dream (सपना देख्नु)

Have a look (at something) (हेर्नु)

Have a chat (with someone) (बात मार्नु)

Have room (खाली ठाउँ हुनु)

Have an argument (वाद-विवाद हुनु)

ऊ आउँदा म नुहाउँदै थिए ।

I was having a bath when he came.

उनीहरूको बच्चा कहिले जन्मियो ?

When did they have a baby?

तिमी मसँग पौडी खेल्न जान चाहन्छौं ?

Would you like to have a swim with me?

मलाई डिस्ट्रब नगर । म आराम गर्दैछु ।

Don’t disturb me. I have having a rest.

मेरो आँखामा के छ ? हेर त!

What is there in my eye? Have a look at it.

हिजो हामीहरू हाइकिङ् गयौं । खुब रमाइलो भयो ।

We went on a hike yesterday. We had a very nice time.

उनीहरूले झगडा गरेका हुन् ? उनीहरू एक अर्कासँग बोलिरहेका छैनन् ।

Have they had an argument? They are not speaking to each other.

मैले तिमीलाई त्यहाँ नजाऊ भनेको थिएँ । मैले खराब पूर्वाभास पाएको थिए ।

I told you not to go there. I had had a bad premonition.

  • have difficulty/trouble लाई ‘गर्दा अप्ठेरो हुन्छ/मुश्किल हुन्छ’ भन्ने अर्थमा र have fun लाई ‘गर्दा रमाइलो हुन्छ’ भन्ने अर्थमा प्रयोग हुन्छ । तर यस्तो प्रयोग गर्दा difficulty, trouble र fun पछाडि verb4 (verb+ ing) अनिवार्य आउनु पर्छ । निम्न उदाहरणहरू हेरौं ।

तिमीलाई मेरो कोठा भेट्न अप्ठेरो भयो ?

Did you have difficulty finding my room?

म आफूले खोजे अनुरूपकी प्रेमिका भेट्न सकिरहेको छुइन ।

I have trouble finding the type of girl friend I want.

सबैजनालाई बिर्सन मुश्किल हुन्छ ।

Everyone has trouble forgetting.

हामी निकै बेर सँगै बस्यौं । हामीले आफ्नो बिगुतको बारेमा गफ गरेर रमाइलो गर्यौं ।

We stayed together for a long time. We had fun talking about our past.

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/