Learn English with Me: I do vs. I am doing
अस्थायी अवस्थामा I am doing को प्रयोग हुन्छ ।
पानी उम्लँदै छ । हिटर बन्द गरूँ ? The water is boiling. Can you turn the heater off? (अहिले उम्लिरहेको छ) ती मान्छेहरूको कुरा सुन । उनीहरू कुन भाषा बोलिरहेका छन् ? Listen to those people. What language are they speaking? (अहिले बोल्दैछन्) बाहिर जाऔं । घाम लागिरहेको छैन । Let’s go out. The sun is not shining now. तिमी अहिले के गर्दै छौं ? What are you doing now? म फ्लाट नभेटुन्जेलका लागि साथीहरूसँग बस्दैछु । I’m living with some friends until I find a flat. मेरो बुबा यो उमेरमा पौडी खेल्न सिक्दै हुनुहुन्छ । My father is learning to swim at this age. त्यो मान्छे तिम्रो कारको ढोका खोल्न खोज्दैछ । That man is trying to open the door of your car. तिमी रेडियो सुन्दै छौं ? Are you listening to the radio? को बोल्दै छ ? Who is speaking? उनीहरू कही जाँदै छैनन् । They are not going anywhere. तर स्थायी काममा I do को प्रयोग हुन्छ । पानी १०० डिग्रीमा उम्लन्छ । Water boils at 100 degrees celsius. माफ गर्नुहोस्, तपाईं तामाङ भाषा बोल्नुहुन्छ ? Excuse me, do you speak Tamang? हिउँदमा त्यति घाम लाग्दैन । The sun does not shine very much in winter. तपाईं सामान्यतया सप्ताहन्तमा के गर्नुहुन्छ ? What do you usually do at weekends? तिमी आफ्नी प्रेमिकासँग बस्दै छौं ? Do you live with your girl friend? प्राय जसो मान्छेहरू केटाकेटी मै पौडी खेल्न सिक्छन् । Most people learn to swim when they are children. उ खुसी हुने प्रयास गर्छ तर सक्दैन । He tries to be cheerful, but to no avail. तिमी प्रत्येक दिन रेडियो सुन्छौं ? Do you listen to the radio every day? रमिता भाषामा अब्बल छे । ऊ चार वटा भाषा राम्ररी बोल्छे । Ramita is very good at languages. She speaks four languages very well. पृथ्वी चन्द्रमाको वरिपरि जाँदैन । The earth does not go round the sun. |
I always do and I’m always doing
‘We always do something’ भन्नाले हामी सधैँ यो काम गर्छौं भन्ने अर्थ लाग्छ
We always walk to work. म सधैँ अफिससम्म/कामसम्म हिड्छु । They always burrow salt from us. उनीहरू सधैँ हाम्रोबाट नुन लान्छन् । ‘We’re always doing something’ भन्नाले हामी प्राय: वा धेरै यो काम गर्छौं भन्ने अर्थ लाग्छ । You’ve lost my key again. You’re always losing things. यहाँ प्रयोग भएको always ले निकै वा धेरै भन्ने अर्थ दिन्छ । अरू उदाहरणहरू हेरौं; He’s always watching television. He should do something more active. ऊ निकै टेलिभिजन हेर्छ । उसले कुनै सक्रिय काम गर्नुपर्छ । Umesh is never quiet. He’s always complaining. उमेर कहिल्यै शान्त बस्दैन । ऊ सधैँ कचकच गरिरहन्छ । |
Non-continuous verbs: केही यस्ता verbs हरू छन् जसलाई सामान्यतया continuous tense मा प्रयोग गर्न मिल्दैन । यसको अर्थ हो, तिनीहरूलाई continuous tense बाहेकका tense मा प्रयोग गरिनुपर्छ । ती verbs हरूको सूची निम्न अनुसार दिइएको छ:
Like love hate
Want need prefer Know realize suppose Mean understand believe Remember belong contain Consist depend seem उदाहरणहरू: ऊ चकलेट मन पराउँछ । He likes chocolates. म ढिलो हुन मन गराउँदिन । I don’t like to be late. रामलाई सीता भन्दा हरिको प्रेमिका मन पर्छ । Ram prefers Hari’s girl friend to Sita. तिमीले भन्न खोजेको कुरा के हो ? What do you mean? म तिमीलाई घृणा गर्न मन पराउँछु । I love to hate you. मलाई सम्झन्छौं ? Do you remember me? मलाई बुझ्दैछौं ? Do you understand me? ऊ धनी छ जस्तो छ । He seems to be rich. यो ब्लगमा अंग्रेजी पाठहरू समावेश छन् । This blog contains English lessons. मान्छेहरू सामान्यतया अरूलाई विश्वास गर्दैनन् । People don’t usually believe others. म तिमीलाई घृणा गरिरहेको छुइन । I don’t hate you. तिमी अझै आफ्ना बा-आमामा आश्रित छौं । You still depend on your parents. मेरो खाँचो परिरहेको हो ? Do you need me? |
Think लाई लाग्नुको अर्थमा प्रयोग गर्दा पनि यसलाई present tense मा राखिनु पर्छ । What do you think I should do? मैले के गर्नु पर्छ जस्तो लाग्छ ? I think you should marry. मलाई लाग्छ तिमीले बिहे गर्नु पर्छ । तर अन्य अवस्थामा यो क्रिया दुबै काममा प्रयोग गर्न सकिन्छ । He only thinks about you. ऊ तिम्रो बारेमा मात्र सोच्छ । He is thinking of studying medicine. ऊ चिकित्साशास्त्र पढ्ने बारेमा सोच्दैछ । |
‘Have’ लाई ‘सँग हुनु’ अर्थमा कहिल्यै पनि continuous tense मा लग्न मिल्दैन । जस्तै, मसँग केही साथीहरू छन् । I have a few friends. उनको टाउको दुखेको छ । She has a headache. तर राम नुहाउँदै छ । Ram is having a bath. उनीहरू जमिन हेर्दैछन् । They are having a look at the land. |
See hear smell taste पनि non-continuous verbs हुन् ।
त्यहाँकी केटी देख्छौ ? Do you see the girl over there? यो कोठो गनाउँदैछ । झ्याल खोल न बिन्ती । This room smells. Please open the window. तर See लाई भने present continuous tense प्रयोग गर्न मिल्छ । तर यस्तो प्रयोगमा भविष्यमा भेट्नु भन्ने अर्थ आउँछ । म भोलि चिकित्सकलाई भेट्दै छु । I am seeing the doctor tomorrow. |
‘be’ लाई सामान्यतया present continuous tense मा प्रयोग गर्न नमिले पनि selfish, generous, supportive, friendly आदि जस्ता व्यवहारगत/गुणात्मक विशेषणहरूसँग यसको प्रयोग हुन सक्छ । तर अर्थ नकारात्मक जस्तै हुन्छ । निम्न उदाहरणहरूलाई हेरौं :-
ऊ दानी छ । ऊ दानी देखिँदैछ (तर सामान्यतया दानी छैन) He is generous. He is being generous. उनीहरू मित्रवत् छन् । उनीहरू मित्रवत् देखिँदैछन् (तर सामान्यतया छैनन्) They are friendly. They are being friendly. |
Look र Feel दुबै कालमा प्रयुक्त हुन्छ र दुबै कालमा यिनले एउटै अर्थ दिन्छन् । I am feeling cold. I feel cold. (माथिका दुबै वाक्यको अर्थ- मलाई जाडो भयो भन्ने हुन्छ) You are looking stunning. You look stunning (तिमी मनमोहक देखिएका छौं ) |
Exercises
- I (walk/am walking) to school every day.
- He (works/is working) at the company for 10 years.
- They (play/are playing) soccer in the park.
- She (writes/is writing) a novel.
- It (rains/is raining) heavily today.
- We (have/are having) dinner at 6pm.
- You (study/are studying) for your exam tomorrow.
- The dog (barks/is barking) at the mailman.
- I (watch/am watching) TV in my free time.
- The children (sing/are singing) a song.
- He (thinks/is thinking) about buying a new car.
- The train (arrives/is arriving) at 8:00 am.
- She (speaks/is speaking) Spanish fluently.
- I (have/am having) a headache.
- The music (sounds/is sounding) great.
- They (decide/are deciding) on a vacation destination.
- The flowers (smell/are smelling) wonderful.
- He (tries/is trying) to fix the broken lamp.
- The water (boils/is boiling) on the stove.
- She (goes/is going) to the gym every day.
- She (grows/is growing) her own vegetables.
- The baby (cries/is crying) for milk.
- He (understands/is understanding) the concept.
- They (believe/are believing) in ghosts.
- I (see/am seeing) the doctor today.
- She (throws/is throwing) a party for her friends.
- The dog (bites/is biting) the mailman.
- He (hides/is hiding) the gift behind the couch.
- They (wins/are winning) the game.
- The cat (lies/is lying) on the windowsill.
मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:
ट्विटरमा: https://twitter.com/ghimiresantu
फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/