Home » नैतिक शिक्षा – लिन्डा पाष्टन

नैतिक शिक्षा – लिन्डा पाष्टन

धेरै वर्ष पहिला नैतिक शिक्षाको कक्षामा

हाम्रो शिक्षकले प्रत्येक शरद ऋतुमा यो प्रश्न सोध्थे:

कुनै संग्राहलयमा आगो लाग्यो भने

केलाई बचाउँछौ, रेम्ब्रान्ड्टको पेन्टिङ्

वा कुनै बुढी महिला जोसँग धेरै

वर्षहरु बाँकी छैनन् जिउने ? कडा कुर्सीमा बसेका बेचैन हामी

पेन्टिङ् वा बुढ्यौलीको बारेमा ख्याल गर्दै नगरी

एक साल जीवनलाई छान्थ्यौं त अर्को साल कलालाई

अनि सधै उदासिन भएर । कहिले कहिले

ती महिला आफ्नो सामान्य भान्छालाई छोडेर

कुनै ठिहीलो, अर्ध कल्पित संग्राहलयमा रल्लिन पुगेकी

मेरो बज्यैको अनुहार उधारो लिन्थिन् ।

एक साल, चलाख भएर, मैले भने

ती आइमाईलाई नै निर्णय गर्न दिंदा के हुन्छ ?

लिण्डा, शिक्षक भन्थे, आफ्नो उत्तरदायित्वको बोझहरु

पन्छाउँछे ।

यो शरद, म एउटा वास्तविक संग्राहलयमा आफै उभिन्छु

वास्तविक रेम्ब्रान्ड्टको अगाडि, आफै बुढी महिला

वा झण्डै बुढी महिलाको रुपमा

 

फ्रेम भित्रका रंगहरु शरदभन्दा

अध्याँरा छन् ।

शिशिर भन्दा पनि अध्याँरा- पृथ्विका खैरा रंगहरु,

तर पृथ्विका सबैभन्दा चम्किला तत्वहरु

क्यानभास भित्रबाट चम्किन्छन् । म अहिले जान्दछु

महिला, पेन्टिङ् र यामहरु झण्डै एकै हुन्

अनि यिनीहरु केटाकेटीहरुले बचाउन नसक्ने खालका छन् ।

Translated into Nepali by Sandesh Ghimire

Read the English version of the poetry

Leave a Reply

Your email address will not be published. Required fields are marked *