Home » Learn English with Me: Command (आदेश)

Learn English with Me: Command (आदेश)

गर, गर्नुहोस्

आजदेखि हामी औपचारिक रूपमा (formally) अंग्रेजीका अभिव्यक्तिहरू (expressions) सिक्छौं । सुरुवात आदेश दिन सिकेर गर्छौं । अंग्रेजीमा गर्ने आदेश दिन Verb1 को प्रयोग गरिन्छ भने नगर्ने आदेश दिन Don’t +verb1 को प्रयोग गरिन्छ ।

खाऊ, सुत्नुहोस् नखाऊ, नसुत्नुहोस्
(V1+obj) (Don’t+v1+ obj)

 

खाऊ, सुत्नुहोस्

(V1+obj)

खाऊ । प्रत्येक दिन केही लेख ।
Eat. Write something every day.
सुत्नुहोस् । म आईपुग्दा घरैमा होऊ ।
Sleep. Be at home when I am here.
भाइलाई माया गर । रुन्छौं भने रोऊ ।
Love your brother. Cry if you want.
उसलाई तिम्रोमा बोलाऊ । मैले भनेको कुरा बुझ ।
Invite him at your place. Understand what I say.
भ्रष्ट्रचारलाई घृणा गर । मेरो कुरा बुझ्न खोज ।
Condemn corruption. Try to understand what I say.
सुनेको कुरा बताऊ । साँझमा नबडार ।
Tell me what you have heard. Don’t sweep in the evening.
परिश्रम गर । केही कुरा प्राप्त गर्न पसिना काढ ।
Work hard. Sweat to get something.
भाग सँगै काम गर ।
Go away! Work together.

 

हामी यहाँ भएका सबै क्रिया यो संरचनामा प्रयोग गर्न सक्छौं । आवश्यकता हो सृजनात्मकताको ।

नखाऊ, नसुत्नुहोस् (Don’t+v1+ obj)

लापरवाह भएर खर्च नगर । कक्षा भइरहाँदा कानेखुसी नगर ।
Don’t spend carelessly. Don’t whisper when the class is on.
८ घण्टा भन्दा बढी नसुत । नेता गण! जनतालाई भ्रमित नपार ।
Don’t sleep more than 8 hours. Dear leaders! Don’t mislead the people.
आफ्ना सम्भावनाहरूलाई नमार । हामी बीच जमेको हिउँ नपगाल ।
Don’t kill your prospects. Don’t melt the ice frozen between us.
केही नभन । शान्त बन । कहिल्यै घुँडा नटेक ।
Don’t say anything. Be quiet. Never knell.
आफ्नो जागिर उहिल्यै नछोड । यहाँ कुकुर नपाल ।
Don’t quit your job yet. Don’t keep a dog here.
हामीलाई नचिहाऊ । मेरो दयालाई नबिर्स ।
Don’t peek at us. Don’t forget my kindness.
मलाई बाल नदेऊ । ममा गल्ती नखोज ।
Don’t give me a damn. Don’t seek my weaknesses.
उसलाई नभन । एक अर्कासँग नलड ।
Don’t tell him. Don’t fight with one another/ each other.*

 

*Note:

Each other= दुई जाना

One another= दुई जाना भन्दा बढी

स्मरण रहोस् don’t को ठाउँमा never पनि प्रयोग गर्न सकिन्छ । never को प्रयोग हुँदा ‘कहिल्यै’ भन्ने अर्थ लाग्छ । एक दुईवटा उदाहरण हेरौं ।

कहिल्यै झुटो नबोल ।
Never tell a lie.
मेरी प्रेमिकालाई कहिल्यै आँखा नझिम्काऊ।
Never wink at my girl friend.
कहिल्यै आफ्नो सिद्धान्त नत्याग ।
Never give up your principle.
कहिल्यै ढिला नआऊ ।
Never come late.
कहिल्यै अन्धो भएर विश्वास नगर ।
Never trust anyone blindly,
कहिल्यै नरोऊ ।
Never cry.

माथिकै संरचनाको अगाडि वा पछाडि please को प्रयोग गरियो भने अनुरोध बन्छ । एक दुईवटा उदाहरण हेरौं ।

 कृपया मेरो हात समात ।
Please hold my hands.
Hold my hands, please.
कृपया मलाई धोका दिने प्रयास नगर ।
Please don’t try to deceive me.
Don’t try to deceive me, please.
कृपया मलाई कहिल्यै रिस नउठाऊ ।
Please never get on my nerves.
Never get on my nerves, please.
कृपया बकबक नगर ।
Please don’t fuss about.
Don’t fuss about, please.
कृपया आफ्नो काम गर ।
Please do your job.
Do your job, please.
कृपया कहिल्यै मेरो कुराको चियो नगर ।
Please never nose about my business.
Never nose about my business.

अहिले सम्मका सबै पाठको सूचीको लागि निम्न लिङ्कमा जानुहोस्:

https://nepalilinguist.com/list-of-chapters/

मलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस्:

ट्विटरमा:  https://twitter.com/ghimiresantu

फेसबुकमा:https://www.facebook.com/Learn-English-with-Me-1696896323903160/

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *